- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका साथी स्टानली चेराको ज्यान गएको छ ।
ट्रम्पलाई सफल व्यापारी बनाउन सघाउने ७८ वर्षीय चेराको शनिबार मृत्यु भएको हो । उनको मृत्युको पुष्टि दि रियल डिल डट कमले गरेको हो । चेरा रियल स्टेट व्यवसायी हुन् ।
ट्रम्पले यसअघि चेरालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका थिए । चेराको न्यूयोर्ककै अस्पतालमा उपचार भइरहेको थियो ।
चेरा शहरमा कोरोना फैलिएपछि मार्चको सुरुआती दिनमा न्यूजर्सी गएका थिए । त्यहींबाटै उनलाई कोरोना सर्यो वा अन्त कतैबाट भन्ने पुष्टि भएको छैन ।