arrow

विकिलिक्सका संस्थापक रहेको जेल कोरोनाबाट असुरक्षित भन्दै छोड्न अनुरोध

इक्वेडरको दूतावासमै रहँदा जन्मिए दुई सन्तान

logo
एएफपी,
प्रकाशित २०७६ चैत ३० आइतबार
julian-assange-wikileaks.jpg

लन्डन । बेलायतको राजधानी लन्डनस्थित इक्वेडरको राजदूतावासमा आश्रय लिएकै अवस्थामा विकिलिक्सका संस्थापक जुलियन असान्जका दुई बच्चा जन्मिएको आइतबार बेलायतको एक अखबारले जनाएको छ । 

अमेरिकी गोप्य सूचनाहरु जासुसी गरेको आरोपमा हाल लन्डनको जेलमा रहेका असान्जकी वकील स्टेला मोरिसबाट जन्मिएका ती बच्चाहरु अहिले दुई र एक वर्षका छन् ।

बेलायतको अखबार मेलले आइतबार असान्जसँगै दुई बच्चाको फोटो सहित मोरिसको अन्तर्वार्ता प्रकाशन गरेको छ । मोरिसले आफूहरुले चाँडै विवाह गर्ने योजना बनाएको बताएकी छन् । 

असान्ज अहिले बेलायतको बेल्मार्शस्थित उच्च सुरक्षा व्यवस्था सहितको जेलमा बन्दी छन् । जासुसी गरेको आरोपमा संयुक्तराज्य अमेरिकाले बेलायत समक्ष असान्जलाई सुपुर्दगी गर्न माग गरिरहेको छ । तर अदालती सुनुवाईको प्रक्रिया जारी रहेकाले सुपुर्दगीको विषय टुंगो लागिसकेको छैन । 

असान्जकी वकिल मोरिसले असान्जको जीवन जोखिमपूर्ण अवस्थामा रहेको बताउँदै कोरोनाभाइरसका कारण बेल्मार्श जेल पनि सुरक्षित नरहेकाले तत्काल रिहा गर्न आग्रह गरेकी छन् ।

बेलायत सरकारले कोरोनाभाइरसको संक्रमणको खतरा रहेको बताउँदै केही बन्दीलाई अस्थायी रुपमा रिहा गर्ने योजना बनाइरहेको छ । तर असान्जलाई राखिएको बेल्मार्शमा उच्च सुरक्षा प्रबन्ध रहेको भन्दै बेलायत सरकारले असान्जलाई छाड्न गरिएको अनुरोधलाई अस्वीकार गरेको मोरिसले बताइन्।

अफगानिस्तान र इराकमा अमेरिकी सैनिक आक्रमणका गोप्य सूचना एवं विद्युतीय फाइलहरु सन् २०१० मा विकिलिक्सबाट सार्वजनिक गरिएपछि असान्जमाथि अमेरिकी प्रतिजासुसी ऐन बमोजिम मुद्दा चलाइएको छ । अमेरिकाले पक्राउ गर्ने र आफ्नो जीवन नै जोखिममा रहेको भन्दै उहाँले सन् २०१२ मा लन्डनस्थित इक्वेडरको राजदूतावासमा आश्रय लिनुभएको थियो, तर गत वर्ष उहाँलाई लन्डन प्रहरीले पक्राउ गरेको थियो ।

इक्वेडरको राजदूतावासमा असान्जले झण्डै एक आठ वर्ष बिताएका थिए । 

कानुनी सल्लाह एवं परामर्शका निम्ति असान्जलाई भेट्न मोरिस पटकपटक उक्त दूतावास जानु भएको पनि मेलले प्रकाशन गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ