arrow

विश्वका ५२ मुलुकमा करिब २२ हजार स्वास्थ्यकर्मी सङ्क्रमित : डब्लुएचओ

logo
सिन्ह्वा,
प्रकाशित २०७६ चैत ३० आइतबार
Logo-WHO.jpg.jpeg

जेनेभा। कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण बढी प्रभावित विश्वका विभिन्न ५२ मुलुकमा २२ हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठनले आइतबार जानकारी गराएको छ। डब्लुएचओको दैनिक रिपोर्टअनुसार कोभिड–१९ का कारण २२ हजार ७३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन्। गत बुधबारसम्मको प्रतिवेदनबारे जानकारी दिँदै अधिकारीले भनेका छन्, “सङ्क्रमित स्वास्थ्यकर्मीको तथ्याङ्कलाई व्यवस्थित गर्न नसकिएको तर डब्लुएचओले प्राप्त गरेको तथ्याङ्कमा २२ हजार ७३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएको पाइएको छ।”

प्रारम्भिक तथ्याङकले अधिकांश स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस सङ्क्रमण विरामीलाई उपचार सेवा दिने क्रममा भएको देखाएको छ  तर कतिपय स्वास्थ्यकर्मी आफ्नै समुदायमा फैलिएको सङ्क्रमणका कारण विरामी परेका जाइएकाको छ। उनीहरूमा देखिएको सङ्क्रमण प्राय सङ्क्रमित भनेर उपचारका लागि लगिएका विरामीसँगबाट भन्दा पनि विरामीका आफन्तजनबाट सरेको पाइएको छ। सङ्क्रमित विरामीसँग चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीले अपनाउनु पर्ने सावधानीका बावजुद् पनि उनीहरू सङ्क्रमित भएका तथ्यहरू भेटिएको डब्लुएचओले जनाएको छ।

अग्रपङ्तीमा रहेर सङ्क्रमितको उपचार गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा सरसफाईमा सम्लग्न रहने स्वास्थ्य संस्थाका कामदारले मास्क, चस्मा, पञ्जा तथा गाउनजस्ता व्यक्तिगत सुरक्षा सामग्रीको सही प्रयोग गरी सङ्क्रमणबाट आफु र अरूलाई बचाउन प्रर्याप्त सावधानी अपनाउनुपर्नेमा पनि विश्व स्वास्थ्य संगठनले जोड दिएको छ। स्वास्थ्यकर्मीबाट पनि सङ्क्रमण फैलिएका बताउँदै संगठनले सही पद्धतिमार्फत् काम गर्न उनीहरूलाई आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ