arrow

रोकिएन कोरोनाको कहर, एकै दिन ७३ हजार संक्रमित, अमेरिकाको पीडा उस्तै

एकैदिन ७२ हजार ५१७ नयाँ संक्रमित, ५ हजार ४१५ नयाँ मृतक

logo
प्रकाशित २०७७ वैशाख १ सोमबार
corona5.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वभर फैलँदो छ । आइतबार एकैदिन ७२ हजार ५१७ नयाँ संक्रमित फेला परेका छन् । सबैभन्दा बढी अमेरिकामा २७ हजार ५२३ नयाँ संक्रमित  थपिएका छन् । 

अमेरिकामा संक्रमितको संख्या ५ लाख ६० हजार ४०२ पुगेको छ । यो संखया संगै विश्वभर संक्रमितको संख्या १८ लाख ५२ हजार ३५९ पुगेको छ । 

त्यस्तै मृत्युमा पनि अमेरिकाले जितेको छ । ५ हजार ४१५ नयाँ मृतक थपिएका छन् । जसमा सबैभन्दा बढी अमेरिकामै १ हजार ५२८ जना पुगेका छन् । नयाँ संक्रमितसंगै अमेरिकामा मृतकको संख्या सबैभन्दा बढी २२ हजार १०५ पुगेको छ । 

त्यस्तै स्पेनमा दोस्रो ठूलो संख्यामा संक्रमित भएका छन् । १ लाख ६६ हजार ८३१ जना संक्रमित भएका छन् । १७ हजार २०९ जनाको ज्यान गएको छ । 

तेस्रो स्थानको इटालीमा १ लाख ५६ हजार ३६३ जना संक्रमित हुँदा १९ हजार ८९९ जनाको ज्यान गएको छ । 

फ्रान्समा १ लाख ३२ हजार ५९१ जना संक्रमित हुँदा १४ हजार ३९३ जनाको ज्यान गएको छ । जर्मनीमा १ लाख २७ हजार ८५४ जना संक्रमित हुँदा मृतक भने ३ हजार ३३ छन् । ६० हजार ३०० जनालाई निको भइसकेको छ । 

निको दर सबैभन्दा कम बेलायतमा रहेको छ । ८४ हजार २७९ जना संक्रमित हुँदा १० हजार ६१२ जनाको ज्यान गएको छ । 

कोरानाको उद्गम देश चीनमा ८२ हजार ५२ जना संक्रमित हुँदा ३ हजार ३३९ जनाको ज्यान गएको छ । नियन्त्रणमा आइसकेको भनिएको चीनमा ७७ हजार ५७५ जनालाई निको भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ