arrow

चीनमा विदेशी विरोधी नीति, ग्वानजाउमा अफ्रिकी समूदाय घरबाट निकालिए 

logo
प्रकाशित २०७७ वैशाख १ सोमबार
corona-china-african.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व आतंकित भइरहेका बेलामा कोरोनाको उद्गम देश चीनले विदेशी विरोधी भावना जगाएको आरोप लागेको छ।

सीएनएनले जनाए अनुसार चीनको ग्वानजाउमा अफ्रिकी समूदाय घरवारविहीन भएको छ । चीनले विदेशी विरोधी भावनालाई उक्साएपछि उनीहरु घरवारविहीन हुन लागेको सामाजिक संजालहरुमा व्यापक सेयर गरिएको छ । 

ग्वानजाउमा अफ्रिकी समूदायको उल्लेख्य संख्या रहेको छ। सीएनएनका अनुसार दक्षिणी चिनियाँ सहरमा अफ्रिकीहरु घरवारविहीन भएका हुन् । धमाधम चिनियाँ घरबेटीहरुले डेरावाल अफ्रिकीहरुलाई घर छाड्न चेतावनी दिइरहेका छन् । 

धेरैले घरबाट निकालेका छन् । अफ्रिकीहरु होटलतिर बस्न लागेको समेत बताइएको छ । उनीहरुको कुनै विदेशीहरुसंग सम्पर्क नभए पनि कोरोना भाइरसको संक्रमण फैलन सक्ने आशंकामा चीनले विदेशीहरुमाथि कठोर नीति लिएको बुझिएको छ । 

सीएनएनले ग्वानजाउमा बस्ने दुई दर्जनभन्दा बढी अफ्रिकीहरुसंग अन्तर्वार्ता लिएर उनीहरुको अनुभव पनि लेखेको छ । 

घर छाड्नु, कोरोनाको र्यान्डम टेष्टमा सहभागी बन्नु, १४ दिन क्वारेन्टाइनमा बस्नु र कुनै लक्षण नहुँदा पनि पीडा खाइरहनु परेको उनीहरुले सुनाएका छन् । 

यसबारेमा सीएनएनले ग्वानजाउ प्रान्तका स्वास्थ्य अधिकारी र सार्वजनिक सुरक्षा व्युरोलाई गरिएको अनुरोधलाई वास्ता नगरिएको पनि उल्लेख गरेको छ । 

दोस्रो देशबाट कोरोनाको संक्रमण चीनमा फैलन सक्ने भन्दै चीन सचेत भएको पनि बताइएको छ । यसै हप्ताको सुरुवाती दिनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले दोस्रो देशबाट चीनमा कोरोना सर्न सक्ने भन्दै सचेत रहन आग्रह गरेका थिए । उनले अरु देशबाट आयातित मामलाहरुमा सावधानीपूर्वक हेर्न पनि अधिकारीहरुलाई आग्रह गरेका थिए । 

तर त्यही कोरोनाको संक्रमण जसका कारण चीनले विश्वलाई नै त्रासमा धकेलेको छ । अहिले आफ्नो देशमा नियन्त्रणमा आएको दावी गर्दै विदेशीलाई दुःख दिन खोजिएकाले भने चीनको क्रुर कम्युनिष्ट नीति सार्वजनिक भएको सीएननले लेखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ