arrow

को हो कोरोनाको भिलेन ? जहाँबाट कोरोना फैलियो उसैलाई थियो अमेरिकी सहयोग 

logo
प्रकाशित २०७७ वैशाख १ सोमबार
usa-china.jpg

काठमाडौं । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान भएको त्यहाँ फेला परेको पहिलो विरामीले पनि पुष्टी गरेको छ। तर चीनले सुरुआतदेखि नै कोरोनाको संक्रमण आफ्नो देशबाट नभएको दावी गर्दै आएको छ । 

डिसेम्बरको अन्त्यबाट देखिन थालेको यो कोरोना वुहानबाटै फैलिएको थियो । विश्वका २ सय १० देशसम्म संक्रमण फैलिसकेको छ । 

अहिलेसम्म १८ लाख ५३ हजार १५५ जनाको ज्यानमा फैलिएको कोरोनाले १ लाख १४ हजार २४७ जनाको ज्यान गइसकेको छ । 

चीनमा जम्मा ३ हजार ३४१ को ज्यान गए पनि बाँकी ज्यान अन्य देशमा गएको हो । चीनमा ८२ हजार १६० जना मात्र संक्रमित छन् । 

कोरोना नियन्त्रण हुने लक्षण नै ल्याएको छैन । तर चीनले नियन्त्रणमा आएको दावी गरिरहेको छ । 

कोरोना फैलाउने चीन, सहयोग गर्ने अमेरिका
कोरोना भाइरस फैलाएको भन्दै चीन र त्यहाँको ६४ वर्ष पुरानो प्रतिष्ठित संस्थान इन्स्टिच्यूट अफ भायरोलोजीमाथि औंला ठडिइरहेको छ । त्यसमाथि अमेरिकामाथि पनि प्रश्न खडा भएको छ । 

गत अप्रिल ११ तारिख (चैत २९ गते) द मेल अन सन्डेले एक ठूलो सूचना बाहिर ल्याएको छ । उसका अनुसार अमेरिकाले वुहानस्थित उक्त ल्याब प्रयोग गर्नलाई मोटो रकम सहयोग गरेको थियो । 

त्यही ल्याबबाटै कोरोनाको संक्रमण विश्वभर फैलिएको दावी गरिएको छ । 

यस्ता छन् त्यसबारेका ९ तथ्य 
१, पैसा अमेरिकाको, काम चीनको–
बेलायती पत्रिका डेली मेलले ‘रिभिल्ड’ (प्रकट भयो) शीर्षकमा सनसनीपूर्ण खवर प्रकाशित गर्दै चीन र अमेरिकाको कोरोना भाइरस फैलाउन खेलेको भूमिकाबारेमा लेखेको छ । 

उसका अनुसार वुहानको उक्त चिनियाँ ल्याबमा अमेरिकी सरकारको ३.७ मिलियन अमेरिकी डलर आर्थिक सहयोग रहेको छ । 

यो ल्याबमा जनावरहरुको रिसर्च हुन गर्दछ । अमेरिकी सहयोग विगत १० वर्षदेखि हुँदै आएको दावी गरिएको छ । अमेरिकी पूर्व राष्ट्रपति वाराक ओबामादेखि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसम्म यो सहयोग जारी रहेको छ । 

२, चमेरोबाट फैलिएको आशंका–
डिसेम्बरको अन्त्यमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । जनवरीको पहिलो साता उक्त भाइरस चमेरोबाट मान्छेमा सरेको भन्ने जानकारी दिइयो । 

विश्व स्वास्थ्य संगठन पनि बिना कुनै अध्ययन र अनुसन्धान चीनको पछि लाग्दै चमेरोबाटै रोग सरेको बतायो।

यही वुहानको ल्याबबाटै कोरोना भाइरस लिक भएको बताइदै आएको छ। यो लिक भएपछि चीन र अमेरिकाले आपसमा आरोप प्रत्यारोप गरेका छन् । खासमा दुवै देशले बाँकी देशलाई जवाफ दिनुपर्ने माग बढेको छ। 

३, चीनको गुफामा चमेरो–
चीनको इन्स्टिच्युट अफ भायरोलोजीका वैज्ञानिकहरुले वुहानबाट करिब १६ सय किलोमिटर टाढा युन्नन प्रान्तको एक अँध्यारो गुफामा त्यो चमेरोलाई समातेका थिए । 

वैज्ञानिकहरु त्यसबाट सूक्ष्मजीवको उपस्थिति, जिनोम लगायतको परीक्षण गरिरहेका थिए ।

४, झींगा बेच्ने महिलाबाट सर्यो–
वुहानको उक्त ल्याब त्यहाँका जंगली जीवको व्यापार गर्ने स्थल वेट मार्केटबाट केवल ३० किलोमिटरको दूरीमा रहेको छ । त्यही मार्केटमा झींगा बेच्ने महिला पहिलो संक्रमित भएको बताइएको छ । 

तिनै ५३ वर्षे महिलामार्फत पहिलो पटक मानिसमा कोरोना प्रवेश गरेको बताइएको छ । करिब एक महिनाको उपचारपछि ती महिलालाई निको भयो तर त्यतिन्जेल वुहानमा रोग फैलिसकेको थियो । 

५, ब्याट–पेंगोलिन थ्योरी–
जब पहिलो पटक कोरोना बाहिर आयो तब त्यतिबेला यसको सम्बन्ध कुनै जनावरसंग छ भन्ने कुरालाई बेवास्ता गरियो । 

पछि चिनियाँ वैज्ञानिककहरुले शंका गरे कि चमेरो र पेंगोलिनमार्फत यो मानिसमा फैलियो । पछि कोरोना र उक्त चमेरेको जिनोपमाथि अनुसन्धान गर्दा गुफामा रहेको चमेरासंग मेल खायो । 

६, जिनोम सिक्वेन्सको प्रमाण–
साउथ चाइना एग्रिकल्चरल युनिभर्सिटीका शोधकर्ता शेन योंगी र जिओ लिहुआका अनुसार भाइरस पेंगोलिनबाट चमेरोमा तथा चमेरोबाट मानिसमा सरेको हो । 

यसलाई बुझ्नका लागि १ हजार जंगली जनावरको नमूना लिइएको थियो । कोरोना संक्रमित मानिसको नमूनासंग मिल्दो कोरोना भाइरस र पेंगोलिनको जिनोमको सिक्वेन्स ९९ प्रतिशतसम्म मिलेको छ । 

७, चमेरो नै किन ?
इन्टरनेशनल जर्नल अफ बायोलोजिकल साइन्सेसका अनुसार चमेरो र कोरोनाको कनेक्सनमाथि वैज्ञानिकहरुले बाहक फेला पारेका छन् । त्यो बाहकबाटै रोग फैलिएको हो । 

चमेरो उड्ने एकमात्र स्तनधारी चरा हो जो धेरै संख्यामा रहने भएकाले पनि भाइरस फैलाउन उपयुक्त बाहक मानिएको छ । 

रेबिज, मर्स र निपाह भाइरस फैलाउन चमेरोको भूमिका संदिग्ध रहेको पनि बताइन्छ । 

८, अमेरिकी संस्थानको भूमिका–
चीनको उक्त ल्याबमा अमेरिकी लगानी भएकाले पनि उसको भूमिका उल्लेख्य मानिसको छ । जुन नेसनल इन्स्टिच्युट अफ हेल्थ एनआइएचबाट सहयोग रकम आएको थियो त्यो त्यहाँको बायोमेडिकल र पब्लिक हेल्थ रिसर्च गर्ने सरकारी स्वामित्वको संस्थान हो ।  

वुहानको ल्याबको वेबसाइटमा एनआइएचको नाम पार्टनर कम्पनीका रुपमा रहेको छ । यो सहयोग १० वर्षदेखि जारी थियो । 

९, अमेरिकी र चिनियाँ सरकार कठघरामा–
यो मामला बाहिर आउनासाथ दुवै देशका सरकार कठघरामा छन् । ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ सरकारको भूमिका शंकास्पद छ । 

अमेरिकी सहयोगको आलोचना अमेरिकी संसदमा भइरहेको छ । जहाँ जनावरको बारेमा अनुसन्धान हुने गर्दछ त्यसबारेमा दुवै देशले कुनै प्रतिक्रिया दिइरहेका छैनन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ