arrow

भारतमा कोरोनाको संक्रमण बढ्दो, यस्तो छ आँकडा 

logo
प्रकाशित २०७७ वैशाख १ सोमबार
corona-india1.JPG

काठमाडौं । भारतमा पछिल्ला केही दिनदेखि कोरोना भाइरसको संक्रमण तीव्र गतिले बढिरहेको छ । सोमबार बिहान मात्रै ६४ नयाँ संक्रमित भएका छन् । संक्रमितहरुको संख्या ९ हजार २८८ पुगिसकेको छ । 

आइतबार ७५९ नयाँ संक्रमित थपिएका थिए । तीन दिनपछि बल्ल ८ सय भन्दा कम संत्रमित भएका थिए । यसअघि गत अप्रिल ९ मा ८१३, १० अप्रिलमा ८७१, अप्रिल ११ मा ८५४ जना संक्रमित भएका थिए । 

भारतका २६ राज्य र ७ केन्द्र शासित प्रदेशमा कोरोनाको संक्रमण फैलिएको छ । कोभिड१९इन्डियाडटओआरजी अनुसार संक्रमित ९ हजार २८८ भए पनि भारतीय स्वास्थ्य मन्त्रालयले भने संक्रमितको संख्या ९ हजार १५२ लेखेको छ । 

३ सय ८ जनाको मृत्यु भएको छ । ८ सय ५६ जना ठीक भएका छन् भने ७ हजार ९८७ जनाको उपचार अहिले भइरहेको छ । 

सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा १ हजार ९८६ जना रहेका छन् । मृतक १५० जना भएका छन् । 

दिल्लीमा १ हजार १५४ जना संक्रमिमत हुँदा २४ जनाको ज्यान गएको छ । तमिलनाडुमा १०७५ जना संक्रमित हुँदा मृतक ११ जना हुन् । 

राजस्थानमा ८१५ संक्रमित हुँदा ११ जनाको ज्यान गएको छ । तेलंगानामा ५३१ जना संक्रमित हुँदा १६ को ज्यान गएको छ । 

मध्यप्रदेशमा ५७२ जना संक्रमित हुँदा ४४ जनाको ज्यान गएको हो । पंजाबमा १५२ जना संक्रमित हूँदा १२ को ज्यान गएको छ । गुजरातमा ५१६ जना संक्रमित हुँदा २४ को ज्यान गएको छ । 

उत्तरप्रदेशमा ५१५ जना संक्रमित हुँदा ६ को ज्यान गएको छ । आन्ध्रप्रदेशमा ४२० संक्रमित हुँदा ७ को ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ