टर्कीका राष्ट्रपतिद्वारा गृह मन्त्रीको राजीनामा अस्वीकृत


प्रकाशित

तस्बिर : फाइल

अङ्कारा। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गृहमन्त्रीको राजीनामा अस्वीकृत गरेका छन्। गृहमन्त्री सुलेमन सोयलुले दिएको राजीनामा एड्रोगानले अस्वीकृत गरेको राष्ट्रपति कार्यालयले सोमबार जनाएको छ। छोटो सूचनाका आधारमा देशका धेरै सहरमा कफ्र्यु लगाउने पूर्ण जिम्मेवारी आफुलाई पुरा गर्न गाह्रो हुने भन्दै उनले राजीनामा दिएका थिए।

कोरोना भाइरसको सङ्क्रमण थप फैलिदै गएपछि टर्कीका धेरै सहरमा कफ्र्यु लगाउने घोषणा गरिएको थियो। “गृहमन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छैन,” उनले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिनुहुनेछ,” राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। गृहमन्त्री सोयलुले भने आफुलाई यस्तो सङ्कटको वेलामा काम गर्ने अनुभव नभएकाले काम गर्न नसक्ने ठानेर राजीनामा दिएको बताएका छन्।

“यो जिम्मेवारी पुरा गर्नका लागि मेरो अनुभव नभएकाले मेरा जनता र राष्ट्रपतिले मलाई माफी दिनु हुनेछ भन्ने आशाका साथ राजीनामा दिएको छु,” उनले राजीनामा पत्रमा लेखेका छन्।

गृहमन्त्री सोयलुले गत शुक्रबार मध्यरातिदेखि लागु हुनेगरी देशका ३१ प्रान्तमा ४८ घण्टे कफ्र्यु घोषणा गरेका थिए। टर्कीमा कोरोना भाइरसबाट एक हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने अरु ५५ हजारभन्दा बढी सङ्क्रमित भएका छन्।


प्रतिक्रिया :

नयाँ