arrow

नरेन्द्र मोदीको चौथो कोरोना सम्वोधन

दुई हप्ता लकडाउन थपिन सक्ने, पाँच राज्यले ३० अप्रिलसम्म बढाइसके

logo
प्रकाशित २०७७ वैशाख १ सोमबार
narendra-modi2.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको संक्रमण फैलिएपछि चौथो पटक राष्ट्रका नाममा सम्वोधन गर्दैछन् । 

मोदीले मंगलबार बिहान १० बजे राष्ट्रको नाममा सम्वोधन गर्न लागेका हुन् । मोदीको यो सम्वोधन अब कति समय लकडाउन गर्ने भन्नेमा केन्द्रीत हुनेछ । 

यसअघि मोदीले १९ मार्चमा पहिलो सम्वोधन गर्दै जनता कफर््यूको अपील गरेका थिए । दोस्रो सम्वोधन मार्च २४ मा गरेका थिए । 

दोस्रो सम्वोधनमा उनले २१ दिन देशभर लकडाउन गरेका थिए । तेस्रो सम्वोधन ३ अप्रिलमा गरेका थिए । उक्त सम्वोधनमा उनले ९ मिनेट लाइट बन्द गरेर मोमबत्ती र दीयो बाल्न अनुरोध गरेका थिए । 

चौथो सम्वोधन मंगलबार बिहान हुँदैछ । भारतमा संक्रमित र मृतक बढ्दै गएपछि लकडाउन थप लम्बिने निश्चित छ । 

भारतमा ९ हजार २४० जना कोरोना संक्रमित भएका छन् । ३३१ जनाको ज्यान गइसकेको छ । 

२१ दिने लकडाउन मंगलबार सकिँदैछ । मोदीले दुई हप्ता थप लकडाउन गर्न सक्ने अनुमान गरिएको छ । पाँच राज्यले ३० अप्रिलसम्म लकडाउन गरिसकेका छन् । पंजाब, ओडिशा, महाराष्ट्र, तेलंगाना र बंगालमा ३० अप्रिलसम्म लकडाउन भइसकेको छ । 

गत शनिबार प्रधानमन्त्रीले १३ राज्यका मुख्यमन्त्रीहरुसंग गरेको बैठकपछि देशभर लकडाउन ३० अप्रिलसम्म बढाउन सहमति बनेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ