arrow

आँधीका कारण अमेरिकामा कम्तीमा ११ को मृत्यु

logo
एएफपी,
प्रकाशित २०७७ वैशाख १ सोमबार
mississippi-state-cyclon.jpg

वासिङटन। अमेरिकामा विनाशकारी आँधीका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ। देशको दक्षिणी क्षेत्रमा पर्ने मिसिसिपी राज्यमा उनीहरुको मृत्यु भएको र अन्य क्षतिको विवरण सङ्कलन हुदै गरेको अधिकारीहरुले जनाएका छन्। कोरोना भाइरसका कारण विश्वमै सबैभन्दा धेरै मानिसको मृत्यु भइरहेका बेलामा अमेरिकामा आँधीका कारण पनि मानवीय क्षति भएको हो।

अमेरिकी सञ्चार माध्यमहरुले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै सोमबार जनाएअनुसार घटना आइतबार भएको थियो। मौसम पूर्वानुमान विभागका अधिकारीहरुले थप आँधीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन्। मिसिसिपीका गभर्नर टाटे रिभेसले सामाजिक सञ्जाल ट्वीटर मार्फत् राज्यभरी संकटकाल घोषणा गरिएको जानकारी दिएका छन्।

उनले लेखेका छन्, “नागरिकको स्वास्थ्य र सुरक्षालाई ध्यान दिदै राज्यमा संकटकालको घोषणा गर्नु परेको छ।” उनले आँधीबाट पिडितहरुलाई सरकारले खोजी तथा उद्धार गरिरहेको पनि जानकारी दिए। “आँधीबाट प्रभावित हाम्रा नागरिक र उनीहरुको संम्पत्तिको रक्षा गर्न खोजी तथा उद्धारका लागि हामीले हाम्रा श्रोत साधनहरु परिचालन गरेका छौँ,” गभर्नर रिभेसले लेखेका छन्।

उनले कोही पनि नागरिक एक्लै नरहेको र उनीहरुको साथमा सरकार रहेको बताउदै चिन्ता नलिन आग्रह गरे। पूर्वानुमान विभागले यस्तो आँधी आउनसक्ने अनुमान पहिले नै गरिएको बताएको छ। विभागले यस आधीलाई अपेक्षित नै भएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ