arrow

चीनपछि लकडाउन हटाउने पालो युरोपेली देशहरुको, यस्तो छ तयारी 

logo
प्रकाशित २०७७ वैशाख २ मंगलबार
corona5.jpg

काठमाडौं । कोरोना भाइरसले थलाथला परेको युरोपले पनि अब विस्तारै लकडाउन खोल्ने सोच बनाएको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी अमेरिकापछि युरोपेली राष्ट्रहरुमा फैलिएको छ । 

चीनले लकडाउन खोलिसकेको छ । उसले कोरोना नियन्त्रणमा आएको दावी गरेको छ । अब युरोपेली देशहरुले पनि लकडाउन खोल्ने तयारी गरिरहेका छन् । 

अर्थ व्यवस्था डामाडोल भएको निष्कर्ष सहित उनीहरुले विस्तारै लकडाउन खोल्न लागेका हुन् । 

अर्थ व्यवस्था खस्किँदा आगामी दिन कष्टकर हुने भएपछि कि त लकडाउनलाई खुकुलो बनाउने या खोल्ने भन्नेतर्फ उनीहरु लागेका हुन् । 

ती देशहरुले सावधानीसहित सार्वजनिक यातायात, फिल्महलहरु, सुपरमार्केट लगायत खोल्ने तयारी गरेका हुन् । 

इरान, डेनमार्क, अष्ट्रिया, चेक गणतन्त्र, नर्वे जस्ता देशले यो विधि अपनाइसकेका छन् । 

चीनले अहिलेसम्म सामाजिक दूरी भने यथावत राखेको छ । तर कोरोनाको संक्रमण भने रोकिएको छैन । 

अमेरिकामा कोरोनाको संक्रमण रोकिएको छैन । यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पले कम भएको दावी गरेका छन् । 

अमेरिकाले सबैभन्दा बढी क्षति हुँदा पनि पूर्ण लकडाउन घोषणा गरेको छैन । हङकङमा रोबोटले रेलको सफाइ गरेको छ । बिचहरु खुलेका छन् । रेस कोर्समा दर्शकलाई रोक लगाइएको छ । तर खेल प्रतियोगिताहरु जारी रहेका छन् । 

इरानमा तेहरानलाई छाडेर साना व्यापारिक सेन्टरहरु खुलेका छन् । जबकि तेहरानमा दैनिक एक हजारको संख्यामा नयाँ संक्रमितहरु आएका छन् । 

स्पेनले एक महिनादेखि लगाएको लकडाउनलाई खुकुलो बनाउने तयारी गरेको छ । जबकि त्यहाँ पनि संक्रमित र मृतकको संख्या बढिरहेकै छ । 

डेनमार्कमा विद्यालय खोल्ने तयारी भइरहेको छ । तर फिल्महल, सपिङ सेन्टर बन्द हुने भएको छ । 

चेक गणतन्त्रमा हार्डवेयर स्टोर, रिेपेयरिङ सेन्टर खुल्ने भएका छन् । तर एकै स्थानमा दुई जना भेला हुन रोक लगाइएको छ । चेकमा १२ मार्चदेखि यात्रा प्रतिवन्ध छ । 

अष्ट्रियामा १ मेदेखि सबै पसल, सपिङ सेन्टर  र हेयर ड्रेसर पसल खुल्ने भएका छन् । तर खतरा अझै कायमै रहेको चेतावनी दिइएको छ । 

नर्वेमा किन्डरगार्डेन खुल्ने भएका छन् । त्यसपछि १ देखि ४ बजेसम्म स्कुल पनि खुल्ने भएका छकन् । 

जर्मनीमा वैज्ञानिक रिपोर्टअनुसार लकडाउन हटाउने घोषणा गरिने छ । 

स्वीटजरल्याण्डमा २६ मेसम्म सामाजिक दूरीमा कडाइ गरिने भएको छ । 

आयरल्यान्डमा थिएटरमा दर्शकले एक सिट छोडेर बस्नुपर्ने नियम लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ