arrow

भारतमा लकडाउनको अवधि बढ्यो, नरेन्द्र मोदीले थपे ३ मेसम्म 

एक अनुशासित सिपाहीले जसरी कर्तव्य निभाएको भन्दै भारतीय जनताप्रति आदरपूर्वक नमन

logo
प्रकाशित २०७७ वैशाख २ मंगलबार
narendra-modi2.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको संक्रमण फैलिएपछि चौथो पटक राष्ट्रका नाममा सम्वोधन गरेका छन् । 

मोदीले मंगलबार बिहान राष्ट्रको नाममा सम्वोधन गर्दै लकडाउनको समय बढाएका छन् । उनले आगामी ३ मेसम्म लकडाउनको समय बढाएका हुन् । 

२१ दिने लकडाउन मंगलबार सकिँदैछ । मोदीले दुई हप्ता थप लकडाउन गर्न सक्ने अनुमान गरिएको थियो । पाँच राज्यले यसअघी नै ३० अप्रिलसम्म लकडाउनको घोषणा गरिसकेका छन् । पंजाब, ओडिशा, महाराष्ट्र, तेलंगाना र बंगालमा ३० अप्रिलसम्म लकडाउन भइसकेको छ । यि राज्यमा गैर भाजपा नेतृत्वको सरकार छ। 

गत शनिबार प्रधानमन्त्रीले १३ राज्यका मुख्यमन्त्रीहरुसंग गरेको बैठकपछि देशभर लकडाउन बढाउन सहमति बनेको थियो । 

मोदीले विभिन्न दुःखका बीच २१ दिने लकडाउनलाई सफल बनाउन मद्धत गरेको तथा एक अनुशासित सिपाहीले जसरी कर्तव्य निभाएको भन्दै भारतीय जनताप्रति आदरपूर्वक नमन गरेका छन् । 

यसअघि मोदीले १९ मार्चमा पहिलो सम्वोधन गर्दै जनता कर्फयूको अपील गरेका थिए । दोस्रो सम्वोधन मार्च २४ मा गरेका थिए । 

दोस्रो सम्वोधनमा उनले २१ दिन देशभर लकडाउन गरेका थिए । तेस्रो सम्वोधन ३ अप्रिलमा गरेका थिए । उक्त सम्वोधनमा उनले ९ मिनेट लाइट बन्द गरेर मैनबत्ती र दीयो बाल्न अनुरोध गरेका थिए । 

भारतमा १० हजार ४९३ संक्रमित छन् भने ३५८ जनाको ज्यान गएको छ । 

मोदीले विश्वमा फैलिरहेको कोरोनाको संक्रमणको तुलनामा भारतमा कम क्षति पुगेको बताएका छन् । नोक्सान कम भन्दा कम गर्नका लागि सरकारले पहल गरिरहेको पनि बताएका छन् । 

बुधबार सरकारका तर्फबाट वितृत गाइडलाइन जारी गर्ने पनि मोदीले भनेका छन् । उनले २० अप्रिलदेखि केहि निश्चित क्षेत्रमा विशेष छुटको व्यवस्था गर्ने जनाएका छन् । तर त्यो पनि सशर्त हुने उनले प्रष्ट पारे।

मोदीले दैनिक कमाइ गरेर गुजारा चलाउनेलाई विशेष प्राथमिकता दिइने पनि जनाएका छन् । सरकारले उनीहरुलाई मद्धत गर्ने विशेष योजना सरकारले बनाएको पनि बताएका छन् । 

किसानलाई कम भन्दा कम क्षति पुगोस् भनी योजना ल्याइने पनि मोदीले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ