arrow

भारतमा ‘कोभिड १९’ संक्रमितको संख्या १० हजार नाघ्यो, ३५८ को मृत्यु

logo
एएनआई,
प्रकाशित २०७७ वैशाख २ मंगलबार
corona-india1.jpg

नयाँ दिल्ली। भारतमा गएको २४ घन्टायता ‘कोभिड १९’ संक्रमितको संख्यामा १ हजार २११ जना नयाँ थपिएका छन्। त्यसपछि भारतमा कोरोना भाइरसका संक्रमितको सङ्ख्या दश हजार ५४१ पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ। उक्त मन्त्रालयका अनुसार गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३१ रहेको पाइएको छ। योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३५८ पुगेको छ। 

भारतमा देखिएका यी संक्रमितहरु मध्ये १ हजार ३६ जना उपचारपछि फर्किएका जनाइएको छ। हाल ८ हजार ९८८ जना कोरोना भाइरस संक्रमितहरु उपचाररत रहेका छन्। भारतको महाराष्ट्र राज्यमा कोभिड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन्। महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या २ हजार ३३४ जना पुगेको मङ्गलबार बिहान प्राप्त समाचारमा जनाइएको छ। यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ।

महाराष्ट्रपछि सबैभन्दा बढी कोरोना संक्रमित नयाँ दिल्लीमा छन्। नयाँ दिल्लीमा मात्र यसका १ हजार ५१० जना संक्रमित रहेका छन्। त्यसगरी तमिलनाडूमा १ हजार १७३ सङ्क्रमित रहेका छन्। राजस्थान, मध्यप्रदेश, तेलङ्गना, गुजरात र छत्तीसगढ राज्यमा कोरोनाका संक्रमितहरु भेटिएका छन्।

गएको २४ घन्टायता त्यहाँ पनि पहिलेको तुलनामा धेरै संक्रमित भेटिएका जनाइएको छ। भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ