arrow

स्पेनमा कोभिड–१९बाट थप सङ्क्रमितको सङ्ख्यामा कमी

logo
सिन्ह्वा,
प्रकाशित २०७७ वैशाख २ मंगलबार
corona-spain-easter.jpg

म्याड्रिड। कोरोनाभाइरसका कारण बढी प्रभावित यूरोपेली मुलुक स्पेनमा विगत २४ घण्टामा थप सङ्क्रमितको सङ्ख्यामा कमी आएको स्पेनको स्वास्थ्य मन्त्रालयद्वारा मङ्गलबार सार्बजनिक तथ्याङ्कमा उल्लेख छ। त्यस्तै स्पेनमा दुई साता पहिलेको तुलनामा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या झण्डै ५० प्रतिशतले कमी आएको छ । यद्यपि सोमबारको सङ्क्रमित सङ्ख्याभन्दा मङ्गलबार सामान्य वृद्धि भएको छ। 

अघिल्लो दिन सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५१७ रहेकोमा मङ्गलबार त्योभन्दा ५० व्यक्ति बढीको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसका कारण स्पेनमा मृत्यु हुनेको सङ्ख्या १८ हजार ५६ पुगेको छ।

स्पेनमा मङ्गलबार सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा करिब ४५० व्यक्ति कम रहेको छ । स्पेनमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या एक लाख ७२ हजार ५४१ पुगेको छ भने पछिल्ला केही दिनहरूमा उपचारपछि निको हुने व्यक्तिको वृद्धि देखिएको मन्त्रालयले जनाएको छ ।

यहाँ उपचारपछि निको हुनेको सङ्ख्या ६७ हजार ५०४ पुगेको छ। निको भई घर फर्किनेको सङ्ख्या विगत २४ घण्टामा दुई हजार ७७७ रहेको मन्त्रालयद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ