arrow

कोरोनाका संक्रमित २० लाख नजिक, सबैभन्दा बढी मृत्यु अमेरिकामा

अमेरिकाको मृत्युदर डरलाग्दो, केस बन्द भएकामध्ये ६० प्रतिशतलाई निको ४० प्रतिशतको ज्यान गयो

logo
प्रकाशित २०७७ वैशाख ३ बुधबार
corona-usa-doc.jpg

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या २० लाख नजिक पुगेका छन् । बुधबार बिहानसम्म १९ लाख ९३ हजार ६४५ मानिस संक्रमित भएका छन् । 

मृतकको संख्या १ लाख २६ हजार ३१९ पुगेको छ । संक्रमितमध्ये ४ लाख ६७ हजार २१४ जना लाई मात्रै निको भएको छ । 

सबैभन्दा बढी प्रभावित अमेरिका
सबैभन्दा बढी प्रभावित अमेरिका परेको छ । अमेरिकामा अहिलेसम्म ६ लाख ११ हजार ७४५ जना संक्रमित भएका छन् । जसमा नयाँ संक्रमित २४ हजार ८०४ जना हुन् । 

त्यस्तै ज्यान पनि अमेरिकीकै बढी गएको छ । मंगलबार सबैभन्दा बढी २ हजार ३ सय ३५ जनाको ज्यान गएको छ । अमेरिकामा मृतकको संख्या २५ हजार ९७५ सय पुगेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना नियन्त्रणमा आइसकेको जनाउँदै गर्दा एकाएक मृतकको संख्या बढेको हो । 

बुधबार बिहानसम्म ६ हजार ७०१ नयाँ मृतक थपिएका छन् । जसमा ठूलो संख्या अमेरिकाकै हो । 

अमेरिकाको मृत्युदर डरलाग्दो छ । केस बन्द भएकामध्ये ६० प्रतिशतलाई निको भएको छ भने ४० प्रतिशतको ज्यान गएको छ । 

सबैभन्दा बढी प्रभावित न्यूयोर्क परेको छ । न्यूयोर्कमा दुई लाख २ हजार २०८ जना संक्रमित हुँदा १० हजार ८३४ जनाको ज्यान गएको छ । मंगलबार ७७८ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ