arrow

कोरोनाका संक्रमित २० लाख, एकाएक घट्यो युरोपमा संक्रमित र मृत्युदर

logo
प्रकाशित २०७७ वैशाख ३ बुधबार
corona-china1.jpg

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या २० लाख पुगेको छ । मृतकको संख्या १ लाख २६ हजार ५३७ पुगेको छ । संक्रमितमध्ये ४ लाख ७८ हजार ३१५ जनालाई मात्रै निको भएको छ । 

७२ हजार १० नयाँ संक्रमित थपिएका छन् । नयाँ मृतक ६ हजार ९१९ हुन् । 

कहाँ कति संक्रमित ?
सबैभन्दा बढी प्रभावित अमेरिका परेको छ । अमेरिकामा अहिलेसम्म ६ लाख १२ हजार ३२० जना संक्रमित भएका छन् । जसमा नयाँ संक्रमित २५ हजार ३७९ जना हुन् । 

स्पेनमा १ लाख ७४ हजार ६० संक्रमित हुँदा नयाँ ३ हजार ९६१ जना हुन् । इटालीमा १ लाख ६२ हजार ४८८ संक्रमितमध्ये २ हजार ९७२ जना नयाँ हुन् । 

फ्रान्समा १ लाख ४३ हजार ३०३ जना संक्रमित हुँदा ६ हजार ५२४ नयाँ हुन् । जर्ममीमा १ लाख ३२ हजार २१० जना संक्रमित हुँदा २ हजार १३८ नयाँ हुन् । 

बेलायतमा ९३ हजार ८७३ जना संक्रमित हुँदा ५ हजार २५२ जना नयाँ हुन् । 

चीनमा ८२ हजार २४९ जना संक्रमित भएका छन् । इरानमा ७४ हजार ८७७ जना संक्रमित हुँदा १ हजार ५७४ जना नयाँ हुन् । 

टर्कीमा ६५ हजार १११ जना संक्रमित हुँदा ४ हजार ६२ नयाँ हुन् । बेल्जियममा ३१ हजार ११९ जना संक्रमित हुँदा ५३० नयाँ हुन् । 

नेदरल्यान्डमा २७ हजार ४१९ संक्रमित हुँदा नयाँ संक्रमितहरु ८६८ हुन् । क्यानाडामा २७ हजार ६३ जना संक्रमित हुँदा नयाँ १ हजार ३८३ हुन् । 

नयाँ मृत्युको संख्या 
६ हजार ९१९ नयाँ मृतक हुन् । स्पेनमा १८ हजार २५५ जनाको ज्यान जाँदा नयाँ ४९९ हुन् । इटालीमा २१ हजार ६७ को मृत्यु हुँदा ६०२ नयाँ हुन् । 

फ्रान्समा १५ हजार ७२९ को ज्यान जाँदा ७६२ नयाँ हुन् । जर्मनीमा ३ हजार ४९५ को ज्यान जाँदा ३०१ नयाँ हुन् । 

बेलायतमा १२ हजार १०७ को ज्यान जाँदा ७७८ नयाँ हुन् । इरानमा ४ हजार ६८३ को ज्यान जाँदा ९८ नयाँ हुन् । टर्कीमा १ हजार ४०३ को ज्यान जाँदा १०७ नयाँ हुन् । 

बेल्जियममा नयाँ २५४, नेदरल्यान्डमा १२२ नयाँ, क्यानाडामा १२३ नयाँ, स्वीटजरल्यान्डमा ३६ नयाँ, ब्राजिलमा २०४ नयाँ, रुसमा ३२ नयाँ, अष्ट्रियामा १६ नयाँ मृतक हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ