arrow

कोरोना चिन्ताः कोरियामा निको भएका ११६ मा पुनः संक्रमण 

logo
प्रकाशित २०७७ वैशाख ३ बुधबार
corona-korean-president.jpg

काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमण भई उपचारपछि निको भएर घर फर्किएका ११६ जनामा पुनः सङ्क्रमण देखिएको छ । 

यससँगै यहाँका स्वास्थ्य अधिकारीले भाइरस पुनः सक्रिय भएको हुनसक्ने र यदि पुनः सक्रिय भएको हो भने यो विश्वका लागि नै चिन्ताको विषय हुनसक्ने आशय व्यक्त गरेका छन् ।

पछिल्लो समय दक्षिण कोरियामा नयाँ सङ्क्रमितको सङ्ख्या निरन्तर ओरालो लागिरहेको छ । यसले कोभिड–१९ रोकथामका लागि कोरिया विश्वभर प्रशंसित हुँदैछ । 

तर पुनः सङ्क्रमितको सङ्ख्या देखिनु दुखद् कुरा भन्दै यहाँका स्वास्थ्य अधिकारीले यो सङ्ख्या अझै बढ्न सक्ने अनुमानसमेत गरेका छन् । 

यसका साथै यो भाइरस कसरी पुनः सक्रिय भयो भन्नेबारेमा पनि वैज्ञानिक कारणको अध्ययन जारी नै रहेको जनाएका छन् । तर केही विज्ञहरुले भने गलत परीक्षणका कारण यस्तो भएको हुनसक्ने पनि शङ्का गरेका छन् ।

चीनको वुहान शहरबाट कोरोनाको माहामारी फैलिएपछि लगत्तै सङ्क्रमण उच्च भएको मुलुक दक्षिण कोरियाले नेपालमा जस्तो लकडाउन नगरेरै कोभिड–१९ सङ्क्रमण रोक्न सफलता प्राप्त गरेको देखिन्छ ।

कोरियामा हालसम्म १० हजार ५६४ जनाान सङ्क्रमण देखिएको छ भने २२२ जनाले ज्यान गुमाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ