arrow

थामिएन अमेरिकाको कोरोना, नयाँ संक्रामक ३० हजार बढी, मृतक २५ सय

logo
प्रकाशित २०७७ वैशाख ४ बिहिबार
corona-usa-doc.jpg

काठमाडौं । युरोपेली देशहरुमा कोरोना भाइरसको संक्रमण केही कम भए पनि अमेरिकामा भने थामिने नाम लिएको छैन । अमेरिकामा २४ घण्टामा ३० हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । 

त्यस्तै मृतक पनि २५ सयको संख्यामा पुगेका छन् । अमेरिकामा सबैभन्दा बढी संक्रमित छन् । त्यहाँ ६ लाख ४४ हजार नाघिसकेको छ । मृतकके संख्या २८ हजार ५ सय नाघिसकेको छ । 

विश्वभर २० लाख ८२ हजार संक्रमित हुँदा अमेरिकाले सबैभन्दा बढी संख्या ओगटेको हो । मृतकको संख्या पनि अन्यको तुलनामा निकै माथि पुगेको छ । 

अमेरिकामा जम्मा ४८ हजार ७ सयलाई मात्र निको भएको छ । अझै १३ हजार ५ सयको संख्यामा गम्भीर बिरामी छन् । 

विश्वभर १ लाख २४ हजार ५ सय भन्दा बढीको ज्यान गइसकेको छ । २४ घण्टामा ८३ हजार ५ सयको संख्यामा नयाँ संक्रमित भेटिएका छन् । 

नयाँ मृतकको संख्या पनि ८ हजार नजिक पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ