arrow

बिहे त भयो तर लकडाउनले बेहुला–बेहुली–जन्ती स्कुलमा फसे 

logo
प्रकाशित २०७७ वैशाख ४ बिहिबार
corona-marriage.jpg

काठमाडौं । बिहे हुनु पनि जीवनचक्रका लागि महत्वपूर्ण मानिन्छ । तर कोरोना भाइरसले अहिले जीवनचक्र ठप्प जस्तै भएको छ । 

त्यस्तै भएको छ भारतको छपरामा । कोलकाताबाट आएका ३२ जन्ती एउटा गाउँमा फसेका छन् । उनीहरु कोलकाता जान खोजिरहेका छन् तर सकिरहेका छैनन् । 

भारतमा लागेको लकडाउनले उनीको जीवनचक्र लक गरेको हो । उनीहरु बेहुलीको माइतीमै रहेका छन् । भारत सरकारले लकडाउन लगाउनु एक दिनअघि जन्ती बेहुली लिन गएका थिए ।

लकडाउनपछि गाउँमै अड्किए । अब त जन्तीलाई खुवाउने खानासमेत गाउँमा सकिन थालिसकेको छ । 

बेहुलीका माइती गरिब छन् । उनीहरुले नसक्दा गाउँलेले सघाए । अब त गाउँ पनि कंगाल भइसकेको भारतीय संचारमाध्यमले बताएका छन् । 

उनीहरु गाउँको बाहिर एक स्कुलमा बसिरहेका छन् । बेहुली पनि माइत छाडेर जन्तीसंगै बसिरहेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ