arrow

गरिबलाई सिधै पैसा पठाउन सरकारसँग राहुल गान्धीको माग

logo
प्रकाशित २०७७ वैशाख ४ बिहिबार
rahul-and-modi.jpg

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धीले गरिबहरूलाई नगद रकम दिन माग गर्नुभएको छ । 

कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन भन्दै सरकारले देशव्यापी बन्दाबन्दी (लकडाउन) को घोषणा गरेपछि गरीबलाई समस्या परेको भन्दै गान्धीले यस्तो माग गर्नुभएको हो ।

कतिपय परिवारमा खाद्यान्न लगायतका अत्यावश्यक वस्तु तथा सेवाको अभाव भएकाले सिधै रकम उपलब्ध गराउनु उपयुक्त हुने उहाँको सुझाव छ ।

“कसरी हुन्छ उनीहरूको हातमा तत्काल रकम पुग्ने व्यवस्था गर्नुपर्दछ,” भिडियो सन्देश मार्फत् बिहीबार नेता गान्धीले भन्नुभयो ।

केन्द्रीय सरकारले घोषणा गरेको आर्थिक प्याकेजप्रतिको प्रतिक्रिया स्वरुप विपक्षी दलका नेता गान्धीको यो अभिव्यक्ति आएको हो ।

उहाँले भन्नुभयो, “अव चाडै नै खाद्यान्नको अभाव हुनेवाला छ । सरकारले खाद्यान्नको अभाव नहुने व्यवस्था पनि गर्नु पर्दछ र कतिपय गरिब व्यक्तिसँग रासन कार्ड समेत नभएको अवस्था छ । त्यसैले उनीहरुलाई सरकारले नगद नै उपलब्ध गराउनु पर्दछ ।”

खाद्य सुरक्षाको सुनिश्चितता गर्न नेता गान्धीले पटक पटक जोड दिनुभएको छ । उहाँले गरिब नागरिकलाई तत्काल उनीहरूको खातामा रकम पठाउन आग्रह गर्नुभयो । 

उहाँले कोरोना भाइरसको सङ्क्रमण सकिएपछि बेरोजगारीको समस्या धेरै हुने भएकाले अहिले नै रोजगारी सृजनाका लागि योजना बनाउन पनि सरकारलाई सुझाव दिनुभएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ