arrow

जापानका लगाइएको सङ्कटकाल देशव्यापी विस्तार

logo
एपी,
प्रकाशित २०७७ वैशाख ४ बिहिबार
japan-corona-lockdown.jpg

टोकियो।  जापानका प्रधानमन्त्री सिन्जो आवेले सङ्कटकाललाई देशव्यापी विस्तार गरेका छन्। शुक्रबारदेखि लागु हुने घोषणा गरिएको सङ्कटकाल आगामी मे ६ तारिखसम्म कायम रहने प्रधानमन्त्री आवेले जानकारी दिएका छन्।

सिमाना पार गरेर एक ठाउँबाट अर्को ठाउँ तर्फ जाने कार्यलाई नियन्त्रणका लागि देशव्यापी सङ्कटकाल घोषणा गर्नुपरेको उनको भनाई छ। कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले सङ्कटकालको आवश्यकता भएको प्रधानमन्त्रीले बताए।

प्रधानमन्त्री आवेले यसअघि यही अप्रिल ७ मा केन्द्रीय राजधानी टोकियो र अन्य छ क्षेत्रमा मात्रै सङ्कटकालको घोषणा गरेका थिए। यी क्षेत्रहरुमा कोरोनाभाइरसको उच्च जोखिम भएकाले सङ्कटकाल लागु गरिएको थियो। प्रधानमन्त्री आवेले पहिलो चरणमा घर बाहिर भिडभाड नगर्न र घर भित्रै बस्न आम नागरिकलाई आह्वान गरेका थिए। तर त्यो आह्वान सन्तोषजनक रुपमा पालना नभएपछि उनले सङ्कटकालको घोषणा गर्नुपरेको हो। 

उनले हरेक जापानी नागरिकलाई एक लाख जापानी येन नगद उपलब्ध गराउने घोषणा पनि गरेका छन्। जापानमा कोरोनाभाइरसका कारण बिहीबारसम्म नौ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने १५० भन्दा बढीको मृत्यु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ