arrow

अमेरिकामा कोरोना रोकिने संकेत अझै ल्याएन, ट्रम्प भने लकडाउन खुलाउने ध्यानमा

बन्द केसमा ३८ प्रतिशतको गयो ज्यान

logo
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
corona-usa-doc.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमण अमेरिकामा अझै रोकिने संकेत ल्याएको छैन । अमेरिकामा दिनानुदिन संक्रमण बढ्दो छ । 

विश्वभर कोरोनाका २१ लाख ८२ हजार संक्रमित हुँदा अमेरिकामा मात्रै ६ लाख ७८ हजार पुगेका छन् । २४ घण्टामा ३० हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । 

त्यस्तै मृतकको संख्या पनि ३४ हजार ६१७ पुगेको छ । २४ घण्टामा ज्यान गुमाउनेको संख्या २ हजार १ सय ७४ पुगेको छ । 

जम्मा ५७ हजार ५ सय संक्रमितलाई मात्र निको भएकाले पनि अमेरिकाको स्थिति भयावह छ । रोकिने नामै लिएको छैन । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने लकडाउन खुलाउने पक्षमा देखिएका छन् । पूर्ण रुपले अमेरिकालाई लकडाउन नगरेका कारण कोरोना फैलिन मद्धत पुगेको आरोप उनीमाथि छ । 

तर ट्रम्पले त्यसलाई सुनेका छैनन् । उनले लकडाउन भएका राज्यका गभर्नरहरुलाई बिस्तारै लकडाउन खोल्न गाइडलाइन दिएका छन् । 

ट्रम्पले केही राज्यहरु यसै महिना खुल्नसक्ने बताएका छन् । उनले राज्यव्यवस्था पुनः खोल्ने सम्बन्धमा गभर्नरहरुलाई दिर्नेशन दिँदै भनेका छन्, ‘अमेरिका फेरि खोल्ने’ ।

अमेरिकामा बन्द गरिएका केसमा ३८ प्रतिशतको ज्यान गएको छ । बन्द भएका ९२ हजार १२५ केसमा ५७ हजार ५०८ लाई निको भएको छ भने ३४ हजार ६१७ को ज्यान गएको छ । 

सबैभन्दा बढी प्रभावित न्यूयोर्क सिटी भएको छ । न्यूयोर्कमा २ लाख २६ हजार १९८ जना संक्रमित हुँदा १६ हजार १०६ को ज्यान गइसकेको छ । 

न्यूजर्सीमा ७५ हजार भन्दा बढी संक्रमित हुँदा ३ हजार ५१८ को ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ