arrow

बेलायतमा कोरोना संक्रमण घटेन, लकडाउन अझै कम्तीमा तीन साता

logo
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
corona-uk.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमणले बेलायतलाई पनि छाडेको छैन । संक्रमणको अनुपातमा कमी आए पनि फैलने दर अझै रहेकाले बेलायतले लकडाउन समेत कम्तीमा ३ साता कायमै राख्ने जनाएको छ । 

बेलायती विदेशमन्त्री डोमिनिक राबले विश्व स्वास्थ्य संगठनको समेत सुझावमा कम्तीमा ३ साता बढाउने जनाएका हुन् । 

उनले भने, ‘अझै संक्रमितको दर हामीले सोचेजस्तो घटेको छैन’ बीबीसीले लेखेको छ । 

अहिलेसम्म बेलायतका अस्पतालमा ज्यान जानेको संख्या १३ हजार ७२९ पुगेको छ । २४ घण्टामा ८ सय भन्दा बढीको ज्यान गएको छ । 

संक्रमितको संख्या १ लाख  ३ हजार ९३ पुगेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन हालैमात्र संक्रमणमुक्त भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ