arrow

कोरोनाबाट कति भारतीय संक्रमित ? २४ परीक्षणमध्ये एक पोजेटिभ

logo
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
corona-india1.jpg

काठमाडौं । कोरोना भाइरसका कारण भारतमा ज्यान गुमाउनेको संख्या ४४९ पुगेको छ । कोरोना संक्रमितको संख्या १३ हजार ५०० पुगेको छ । 

पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै गएको छ । मृत्यु दर पनि बढ्दै गएको छ । भारत बाहिर ३ हजार ३३६ जना संक्रमित भएका छन् । त्यस्तै २५ जनाको ज्यान गएको छ । 

भारतको मध्यप्रदेश सबैभन्दा बढी संक्रमित देखिएको छ । बिहीबार ३६१ जना नयाँ संक्रमित देखिएका छन् । 

यो समेत गरी बिहीबार मात्रै भारतमा १ हजार २६० नयाँ संक्रमित थपिएका हुन् । यो एकै दिनमा बढेको दोस्रो ठूलो संख्या हो । 

गुजरातमा पनि १६३ नयाँ संक्रमित देखिएका छन् । महाराष्ट्रमा २८६ नयाँ संक्रमित देखिएका छन् । 

मुम्बईमा १७७ नयाँ संक्रमित थपिएका छन् । 

कसरी देखिएको छ कोरोनाको रेट ?
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) का अनुसार भारतमा भइरहेको कोरोना परीक्षणमा हरेक २४ परीक्षणमध्ये एक जनामा कोरोनाको संक्रमण देखिएको छ । 

यो निकै बढी भएको पनि आइसीएमआरले बताएको छ । जापानमा ११७ परीक्षणमा केवल एक जनामा मात्र कोरोना पोजेटिभ देखिएको छ । 

आइसिएमआर प्रमुख डा. आरआर जगखेदकारका अनुसार २४ मध्ये एकमा कोरोना देखिनु धेरै हो ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ