arrow

ब्रजिलका स्वास्थ्यमन्त्री बर्खास्त

logo
एएनआई,
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
brazil-north.gif

ब्रासिलिया। ब्राजिलका स्वास्थ्यमन्त्री लुइज हेर्निक्यु मान्डेटालाई बर्खास्त गरिएको छ। राष्ट्रपति जाइर बोल्सोनारोले बिहीबार उनलाई मन्त्री पदबाट हटाएको अधिकारीहरुले जानकारी दिएका छन्। राष्ट्रपतिको निर्देशनलाई पालना नगरेकोले उनलाई बर्खास्त गरिएको बताइएको छ। मन्त्रीले गरेको कतिपय कामप्रति बोल्सोनारोले केही समयदेखि असन्तुष्टि जनाउदै आएका छन्।

राष्ट्रपति बोल्सोनारोले स्वास्थ्य मन्त्रीमा अर्को व्यक्तिलाई नियुक्त पनि गरिकेका छन्। विभिन्न सञ्चार माध्यमहरुले सम्प्रेषण गरेको समाचार अनुसार नेल्सन टेइच नयाँ स्वास्थ्यमन्त्री बनेका छन्। ब्रासिलियास्थित राष्ट्रपति कार्यालयमा पत्रकारहरुसँगको कुराकानीका क्रममा राष्ट्रपति बोल्सोनारोले बर्खास्त भएका मन्त्री मान्डेटाका बारेमा आफ्नो कुनै टिप्पणी नरहेको बताए।

उनले भने, “मैले उहाँका बारेमा भन्नु केही छैन, उहाँलाई आलोचना गर्नु पनि छैन, म यस बारेमा केही बोल्दिन।” 

नवनियुक्त स्वास्थ्य मन्त्रीले अपेक्षाकृत काम गर्ने विश्वास गरिएको उनको भनाई छ। ब्राजिलमा कोरोनाभाइरसका कारण शुक्रबारसम्म ३० हजार ८९१ जना सङ्क्रमित भएका छन् भने एक हजार ९५२ जनाको मृत्यु भएको छ।

स्वास्थ्य अधिकारीहरुका अनुसार सङ्क्रमित भएकामध्ये १४ हजार २६ जना भने निको भएर बसेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ