arrow

बन्दाबन्दीमा विरामी छोरालाई भेट्न आमाको सयौँ किलोमिटर यात्रा

logo
पीटीआई,
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
lockdown-walking-india.jpg

केरला। अस्पतालमा उपचार गराइरहेका आफ्ना छोरालाई भेट्न भारतमा एक महिलाले झण्डै दुई हजार ७०० किलोमिटर लामो यात्रा गरेकिछिन्। कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भन्दै सरकारले देशव्यापी लकडाउनको घोषणा गरेपछि सवारी साधनहरु बन्द भएकाले उनले कठिन यात्रा गर्नु परेको थियो। उनले यात्राका क्रममा कतै पैदल त कतै ट्याक्सीको प्रयोग गरेकी बताइएको छ।

यात्राका क्रममा झण्डै छ राज्य पार गरेकी ५० बर्षीया ती महिलाको छोराको जोधपुरमा गम्भीर अवस्थामा उपचार भइरहेको छ। उनीसँगै एक नातीनी र अर्का एक जना नातेदारले पनि पैदल यात्रा गरेका हुन्। यो यात्राका लागि उनीहरुलाई तीन दिन लागेको थियो। लामो यात्रा गरेकी शिलम्मन वासनले जोधपुरबाट पीटीआईसँग कुराकानी गर्दै आफ्नो छोराको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिइन्।

आफ्नो २९ बर्षीय छोरो अरुण कुमारको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उनले बताइन। छोरो अरुणलाई मांशपेसीसम्वन्धी रोग लागेको उनको भनाइ छ।
“भगवानको कृपाले कुनै ठूलो समस्या विना नै हामी यहाँ आइपुग्न सफल भयौँ,” उनले भनिन्। उनले आफुहरु केरलाबाट तमिल नाडु, कर्नाटक, महाराष्ट्र, गुजरात हुँदै राजस्थानको जोधपुरसम्म आइपुगेको जानकारी दिइन्।

उनीहरु अप्रिल ११ मा हिडेर अप्रिल १४ मा जोधपुर पुगेकि हुन्। जोधपुरमा सिमा सुरक्षा बल (विएसएफ)मा जवानकोरूपमा कार्यरत अरुण कुमार विदा मनाउन गत फेब्रुअरीको अन्त्यतिर आफ्नो घरगाउँ आएका थिए। घरबाट फर्केपछि उनी विरामी परेका हुन्। उनलाई शुरुमा पखाला लागेको बताइएको थियो। विरामी अरुण कुमारको केरलामा एक बर्षीय बच्चा पनि छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ