arrow

कोरोना नियन्त्रणमा नक्कली स्वास्थ्य सामग्रीप्रति चीनको बदनामी, भारत पनि ठगियो  

logo
प्रकाशित २०७७ वैशाख ३ बुधबार
corona-ppe.JPG

काठमाडौं । कोरोना भाइरसको उद्गम थलो चीनले आफ्नो देशमा कोराना नियन्त्रणमा आएको बताएसंगै अन्य देशलाई सघाउन थाल्यो । 

त्यस क्रममा भने चीनको नक्कली स्वास्थ्य सामग्रीले उसलाई बदनाम गराएको छ । स्पेन, चेक गणतन्त्र, पाकिस्तान लगायतले नक्कली सामग्री नै फिर्ता गरे । 

विशेष गरी सुरक्षा उपकरण पीपीईप्रति गम्भीर प्रश्न खडा भएको हो । जहाँजहाँ चीनले पीपीई दियो त्यहाँ गुणस्तरमा फेल भएपछि चीनले बदनाम कमाएको हो । 

स्पेनमा कोभिड परीक्षण किट नै नक्कली परेछ । पछिल्लो समय भारतमा पनि त्यस्तै भएको छ । चीनबाट आएका पीपीई किट्सप्रति भारतमा प्रश्न उठेको हो । 

भारतमा १ लाख ७० हजार पीपीई किट्समध्ये ५० हजार किट्स गुणस्तर चेकमा फेल भएका हुन् । 

यसबारेमा चीनले स्पष्टिकरण नै दिनुपर्यो । भारतका लागि चिनियाँ दूतावासले ‘हरेक देशले सामान आयात गर्नुअघि कम्पनी र उसको उत्पादनको परीक्षणका बारेमा जानकारी दिनुपर्छ ।’ भनेको छ । 

भारतका लागि चिनियाँ दूतावासका प्रवक्ता झी रंगले सामान खरिद गर्ने देशले सामान लिने बेलामा सर्टिफाइड कम्पनीबाट स्तरीय सामान लिन आग्रह गरेका छन् । 

चीनको यो भनाईले चीनमा नक्कली सामान बन्ने कुरा स्विकारेको छ । र यस्ता सामान खुलेआम बिक्री हुने कुरा सतहमा आएको छ।  

प्रवक्ता झीले नियम कडा बनाइएको र त्यो गुणस्तर भएको कम्पनीले दावी गर्नुपर्ने छ भनेका छन् । 

झीले भारतसहित केही देशले डिप्लोमेटिक च्यानलमार्फत खरिदको माग गर्ने भएकाले गुणस्तरीय कम्पनी नै रोज्न आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ