arrow

भारतद्वारा विश्वमा औषधी कुटनीतिको सुरुवात, प्यारासिटामोलको निर्यात प्रतिबन्ध हटायो

logo
एजेन्सी,
प्रकाशित २०७७ वैशाख ६ शनिबार
india-hydroxychloroquine-corona.jpg

एजेन्सी। विश्वमा जारि कोरोना संक्रमण (कोभिड-१९)को महामारीका समयमा भारतले विश्वका सय भन्दा बढि देशहरुमा औषधी निर्यात गरेको छ। भारतको यो कार्यलाई उसले शुरु गरेको औषधी कुटनीतिका रुपमा हेरिएको छ। अहिले आपतकालको समयमा आफ्ना औषधीहरु मार्फत भारतले विश्वका धेरै देशहरुसँग ब्यापारिक सम्बन्ध स्थापित गरेको छ। 

भारतले कोभिड-१९मा उपयोगि मानिएको हाईड्रोक्सिक्लोरोक्विनको ८ करोड ५० लाख चक्की विश्वभर निर्यात गरिसकेको छ भने ५० करोड चक्की पारासिटामोल निर्यात गरेको भारतीय अधिकारीले जनाएका छन्। भारतले एक हजार टन बराबरको पारासिटामोल बनाउने कच्चा पदार्थ पनि निर्यात गरिसकेको छ। ६० देशमा उक्त कच्चा पदार्थ निर्यात गरेको भारतीय समाचारपत्र हिन्दुस्तान टाईम्सले जनाएको छ।

विश्वभरमा बायुसेवाका उडानहरु नहुँदा भारतीय बायुसेना, चार्टर गरिएका फ्लाईट एवं कुतनीतिक चार्टर फ्लाईटहरुबाट उक्त औषधि एवं कच्चा पदार्थ निर्यात गरिएको भारतीय सरकारी अधिकारीहरुले जनाएका छन्।

मरिसस, सेसेल्समा भारतीय बायुसेनाका बिमानहरुले उक्त औषधिहरु पुर्‍याएका थिए भने अफगानिस्तानमा बिशेष चार्टर फ्लाईट प्रयोग गरिएको थियो। बढि प्राथमिकतामा परेका राष्ट्रहरुलाई औषधी पहिलो लटमा पठाईएको हो भने अरु देशमा पछि पठाइएको र पठाउने क्रम जारी रहेको भारतीय अधिकारीले जनाएका छन्।

यसअघि भारतले अमेरिका, ब्रजिल, ईजरायलमा उक्त औषधिहरु पढाईसकेको छ। ट्विटर मार्फत अमेरिकी राष्ट्रपतिले भारतलाई धन्यवाद दिएका थिए। रुस, फ्रान्स, स्पेन, नेदरल्याण्ड, बेलायत आदी देशहरुमा पनि भारतले माग अनुसारको हाईड्रोक्सिक्लोरोक्विन औषधीहरु पठाईसकेको छ। त्यसैगरि सिंगापुर, स्विडेन र ईटालीमा पारासिटामोल निर्यात गरेको बताईएको छ।

भारतले प्यारासिटामोल फर्म्युलेसनको निर्यातमा लगाएको प्रतिबन्ध हटायो
यसैबीच भारतले प्यारासिटामोल फर्म्युलेसनको निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ। कोरोनाभाइरसको प्रकोपको बीचमा भारतले शुक्रवारदेखि यो प्रतिबन्ध हटाएको भारतको बैदेशिक व्यापार महानिर्देशनालयले जनाएको छ।

प्यारासिटामोल एक दुखाइ कम गर्ने औषधि हो। कोरोना भाईरस संक्रमितलाई यो औषधि प्रयोग गर्ने गरिन्छ। गत मार्चमा भारतले २६ प्रकारका औषधि सामग्री र उनीहरूबाट बनाइएको औषधीहरूको निर्यातमा प्रतिबन्ध लगाएको थियो।

भारतीय विदेश मन्त्रालयले अप्रिलमा कोरोनाभाइरस महामारीबाट नराम्ररी प्रभावित भएका देशहरुलाई उचित मात्रामा हाइड्रोक्सीक्लोरोक्विन र प्यारासिटामोल निर्यात गर्ने कुरा गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ