arrow

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा किसानका लागि राहत घोषणा

logo
एएनआई,
प्रकाशित २०७७ वैशाख ६ शनिबार
usa-flag1.jpg

वासिङटन। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले किसानका लागि राहत प्याकेजको घोषणा गरेका छन्। कोरोनाभाइरसको संक्रमणका कारण मर्कामा परेका किसानहरुलाई सहयोग पुर्‍याउने उद्धेश्यले उनले राहतको घोषणा गरेका हुन्। राष्ट्रपति ट्रम्पले १९ अर्ब अमेरिकी डलर बराबरको राहत शुक्रबार घोषणा गर्नुभएको समाचारमा जनाइएको छ।

कुल १९ अर्ब अमेरिकी डलर मध्ये १६ अर्व अहिले नै किसानहरुलाई वितरण गरिने र बाँकी तीन अर्ब खाद्यान्न वितरणका लागि बचत गरिने उनले बताए। “आज मैले यो घोषणा गर्न चाहन्छु कि, हाम्रो कृषि विभागले १९ अर्ब अमेरिकी डलर बराबरको राहत कार्यक्रम लागु गर्नेछ,” ट्रम्पले भने। उनले राहतबाट किसानहरुलाई संकटबाट मुक्त हुन सानो भएपनि सहयोग पुग्ने अपेक्षा गरिएको बताएका हुन्।

शुक्रबार ह्वाईट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले किसानहरुलाई सिधै राहत दिने र खाद्य पदार्थ संचय गर्नका लागि राहत दिने व्यवस्था गर्न लागिएको जानकारी दिए। उनले कोरोना भाइरसको संक्रमणका कारण प्रभावित ८ करोड अमेरिकीहरुले राहत रकम पाएको पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ