arrow

कोरोनाको असर अमेरिकामा अझै घटेन, संक्रमित ७ लाख ३९ हजार

logo
प्रकाशित २०७७ वैशाख ७ आइतबार
corona-usa-doc.jpg

काठमाडौं । कोरोना भाइरसको असर युरोपेली देशहरुमा घट्दै जाँदा अमेरिकामा भने घटेको अनुभूति अमेरिकाले गर्न सकेको छैन । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही राज्यहरुलाई लकडाउन खोल्न भने पनि कोरोनाको संक्रमण घट्ने लक्षण देखिएको छैन । 

२४ घण्टामा २८ हजार ९६२ जना संक्रमित भइसकेका छन् । त्यस्तै १ हजार ८५७ जना नयाँ मृतक थपिएका छन् । 

अमेरिकामा संक्रमितको संख्या ७ लाख ३८ हजार ६९७ संक्रमित रहेका छन् भने मृतकको संख्या ३९ हजार ११ पुगेको छ । 

युरोपेली देशहरुमा भने कमी आएको छ । 

६८ हजार २६९ जनालाई उपचारपछि निको भएको छ । तर बन्द केसमा मृतकको प्रतिशत ३६ भएकाले पनि स्थिति डरलाग्दो देखिएको छ । 

सबैभन्दा प्रभावित न्यूयोर्क सहर भएको छ । त्यहाँ २ लाख ४१ हजार ४१ जना संक्रमित हुँदा १७ हजार ६७१ जनाको ज्यान गइसकेको छ । त्यसपछिको प्रभावित सहर न्यूजर्सी हो । 

न्यूजर्सीमा अहिलेसम्म ८१ हजार ४२० जना संक्रमित हुँदा ४ हजार ७० जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ