arrow

स्पेनमा बालबालिकाको कोरोनाले ल्याएको बन्दी जीवन हटाउने आश्वासन

logo
प्रकाशित २०७७ वैशाख ७ आइतबार
corona-spain.jpg

काठमाडौं । स्पेनमा कोरोना भाइरसको संक्रमण कम हुँदै गएको छ । आइतबार बिहानसम्म १ लाख ९४ हजार ४१६ जना संक्रमित भएका छन् भने २९ हजार ६३९ जनाको ज्यान गएको छ । 

७४ हजार ७९७ जनालाई निको भएको छ । 

नयाँ संक्रमित ३ हजार ५७७ जना थपिएका छन् भने मृतक ६३७ बढेका छन् । 

तर स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले बालबालिकालाई बन्दी जीवनबाट मुक्त गर्ने आश्वासन दिएका छन् । 

स्पेनमा गएको मार्च १४ देखि बालबालिकालाई घरबाहिर निस्कन दिइएको छैन । पेड्रोले अप्रिल २७ देखि बालबालिकाले बाहिर निस्केर स्वच्छ हावा लिन सक्ने पनि बताएका छन् । 

बीबीसीका अनुसार टेलिभिजन ब्रिफिङमा सान्चेजले बन्दी जीवनलाई खुकुलो बनाउने बताएका हुन् ।

बार्सिलोनाका मेयर अदा कोलाउले बालबालिकालाई यसै हप्तादेखि बाहिर निस्कन दिने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ