arrow

चौबीस घण्टामा विश्वमा कति थपिए कोरोनाका संक्रमित र मृतक ? 

पाँच लाख ९६ हजार पाँच सयलाई उपचारपछि निको 

logo
प्रकाशित २०७७ वैशाख ७ आइतबार
corona5.jpg

काठमाडौं । कोरोना भाइरसले संक्रमित हुनेको संख्या अझै घटेको छैन । निको हुनेको संख्या पनि बढ्दै गएको छ । पाँच लाख ९६ हजार ४ सय ८८ जनालाई निको भइसकेको छ । 

विश्वभर आइतबार बिहानसम्म २३ लाख ३१ हजार संक्रमित भइसकेका छन् । २४ घण्टामा ८२ हजार संक्रमित थपिएका छन् । त्यस्तै मृतकको संख्या १ लाख ६० हजार ७५४ जना पुगेको छ । 

नयाँ मृतक ६ हजार ५ सय पुगेका छन् । अमेरिकामा सबैभन्दा बढी ७ लाख ३८ हजार ७९२ जना संक्रमित भएका छन् भने ३९ हजार १४ जनाको ज्यान गएको छ । 

अमेरिकामा एकै दिन ३० हजार नयाँ संक्रमित थपिए । त्यस्तै १८ सय ६० नयाँ मृतक थपिए । 

स्पेनमा संक्रमितको संख्या १ लाख ९४ हजार ४१६ पुगेको छ । त्यहाँ नयाँ संक्रमित ३ हजार ५७७ रहेका छन् । मृतकको संख्या २० हजार ६३९ जना हुन् । नयाँ मृतक स्पेनमा ६३७ थपिएका छन् । 

त्यस्तै इटालीमा १ लाख ७५ हजार ९२५ जना संक्रमित हुँदा नयाँ संक्रमित ३ हजार ४९१ हुन् । इटालीमा २३ हजार २२७ जनाको ज्यान गएकामा ४८२ जना नयाँ हुन् । 

फ्रान्समा १ लाख ५१ हजार ७९३ जना संक्रमित हुँदा ३ हजार ८२४ नयाँ हुन् । त्यस्तै १९ हजार ३२३ जनाको ज्यान जाँदा ६४२ नयाँ हुन् । 

जर्मनीमा १ लाख ४३ हजार ७२४ जना संक्रमित हुँदा ४ हजार ५३८ जनाको ज्यान गएको छ । 

२ हजार ३ सय भन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने मृतक १ सय ८६ नयाँ हुन् । 

बेलायतमा १ लाख १४ हजार २१७ जना संक्रमित हुँदा ५ हजार ५२५ जना नयाँ हुन् । त्यस्तै १५ हजार ४६४ जनाको ज्यान जाँदा ८८८ जना नयाँ हुन् । 

चीनमा ८२ हजार ७१९ जना संक्रमित हुँदा २७ नयाँ हुन् । मृतकको संख्या चीनमा ४ हजार ६३२ पुगेको छ । 

टर्कीमा ८२ हजार ३२९ जना संक्रमित हुँदा ३ हजार ७३८ नयाँ हुन् । त्यस्तै नयाँ १२१ सहित १ हजार ८९० जनाको ज्यान गएको छ । 

२४ घण्टाको अवधिमा कहाँ कति थपिए ?

इरानमा नयाँ १ हजार ३७४ जना संक्रमित थपिँदा ७३ नयाँ मृतक हुन् । 

बेल्जियममा १ हजार ४५ जना नयाँ संक्रमित थपिँदा २९० नयाँ मृतक हुन् । 

रुसमा ४ हजार ७८५ नयाँ संक्रमित थपिँदा ४० नयाँ मृतक हुन् । 

ब्राजिलमा ३ हजार ७८ संक्रमित थपिँदा २२७ नयाँ मृतक हुन् । 

क्यानाडामा १ हजार ४५६ जना संक्रमित थपिँदा १६० नयाँ मृतक हुन् । 

नेदरल्यान्डमा १ हजार १४० नयाँ संक्रमित थपिँदा १४२ नयाँ मृतक हुन् । 

स्वीटजरल्यान्डमा ३२६ जना नयाँ संक्रमित थपिँदा ४१ नयाँ मृतक हुन् । 

पोर्चुगलमा ६६३ जना नयाँ संक्रमित थपिँदा ३० नयाँ मृतक हुन् । 

दक्षिण कोरियामा १८ नयाँ संक्रमित थपिँदा मृतक जम्मा २ जना मात्रै थपिएका छन् । 

जापानमा ५०९ नयाँ संक्रमित थपिँदा ३२ नयाँ मृतक हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ