arrow

चीनबाट भारतले ल्यायो तीन लाख थान कोरोना परीक्षण सामग्री

logo
एएनआई,
प्रकाशित २०७७ वैशाख ७ आइतबार
covid-test-positive-corona.jpg

नयाँदिल्ली । चीनको ग्वान्झोओबाट शनिबार भारतीय विशेष बिमान एयर इन्डियाबाट तीन लाख थान कोरोना परीक्षण सामग्री (एन्टीबडी टेस्ट किट) भारत ल्याइएको छ ।

यी टेस्ट किट भारतीय राज्यहरु तमिलनाडु र राजस्थानका स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराइने भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

चीनका लागि भारतीय राजदूत विक्रम मिश्रीले ट्वीट गर्दै भनेका छन् “ग्वान्झाओबाट झण्डै ३ लाख टेस्ट किट भारततर्फ पठाइएको छ । यी किट राजस्थान र तमिलनाडुका लागि व्यवस्था गरिएको हो ।”

केन्द्रीय नागरिक उड्डयन मन्त्री हरदिप सिंह पुरीले पनि ट्वीट गर्दै कोविड–१९ सँग जुध्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

 भारतीय बिमान सेवाले गरेका २४७ वटा उडानबाट मार्च २६ यतामात्र ४१८ टन स्वास्थ्य र अन्य अत्यावश्यकीय सामग्री ढुवानी गरेको मन्त्री सिंहले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ