arrow

दश महिने बच्चालाई कोरोना संक्रमण,मृत्यु हुनेका परिवारलाई एक करोड भारु

logo
प्रकाशित २०७७ वैशाख ७ आइतबार
corona-virus2.jpg

नयाँ दिल्ली। भारतको नयाँदिल्लीको एउटा अस्पतालमा रहकी दश महिने बच्चा संक्रमित भएकी छन् । नयाँदिल्लीस्थित लेडी हार्डिङ्ग हस्पिटलमा रहकी बच्चा संक्रमित भएकी हुन् । उनीसँगै  हस्पिटलमा कार्यरत २ चिकित्सक र ६ नर्स पनि संक्रमित भएका छन् । 

अग्रपंक्तिमा रहेर काम गर्ने आठ जना स्वास्थ्यकर्मी कोरोनाभाइरसबाट प्रभावित भएको अस्पतालले आइतबार पुष्टि गरेको छ ।  उनीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको र उनीहरुले को को सँग सम्पर्क गरेका थिए भन्ने बारेमा विवरण संकलन भइरहेको पनि अस्पतालले जनाएको छ । 

स्वास्थ्यकर्मी नै संक्रमित भएपछिको योजनाका बारेमा छलफल गर्न अस्पतालले उच्च अधिकारीहरुको बैठक बोलाएको छ ।  

यसैबीच, भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना विरुद्धको लडाईंमा मृत्यु हुनेको परिवारलाई एक करोड भारतीय रुपैयाँ राहत दिने घोषणा गरका छन् ।कोरोनाभाइरस विरुद्ध काम गर्ने क्रममा कुनै व्यक्तिको मृत्यु भएमा उनीहरुका परिवारलाई प्रतिव्यक्ति भारु एक करोड दिइने उनले शनिबार घोषणा गरका हुन् ।

नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “यदि कुनै चिकित्सक, नर्स, सरसफाई कर्मचारी, प्रयोगशालाका प्राविधिक वा यस्तै कोही व्यक्ति उपचारका लागि खट्दा निधन हुनसक्छ, उनीहरुका परिवारलाई राहत स्वरुप भारु एक करोड दिइने छ ।”

मुख्यमन्त्री केजरीवालले ६० ओटा सेनिटाइजेसन मेसिन मार्फत् सहर बजारमा सरसफाई गर्ने कार्य भइरहेको पनि जानकारी दिए ।

उनले सामाजिक दुरी कायम गर्न आम नागरिकलाई आग्रह गरका छन् । शिविर बनाइएका क्षेत्रमा सामाजिक दुरीको अलि बढी ख्याल गर्नु पर्ने उनको भनाई छ । 

शहरी क्षेत्रमा ७१ ओट शिविर बनाइएको उनले जानकारी दिए । अलपत्र परेका तथा खान बस्न नपाएकाहरुलाई त्यस्ता शिविरहरुमा राखिएको मुख्यमन्त्री केजरीवालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ