- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अक्षयकुमारको फिल्म केसरी र गुडन्यूजले भारतीय बक्स अफिसमा राम्रो प्रदर्शन गर्यो । भारतीय बक्स अफिसमा उनी वर्षमा ४-५ फिल्ममा काम गर्ने एकमात्र अभिनेता हुन् । उनी आफ्नो परफेक्ट समयको व्यवस्थापनको माध्यमबाट यस्तो गर्न सफल भइरहेका छन् ।
अक्षय कुमारको जीवन एक खुला किताब जस्तै छ । तर, उनको जीवनबारे केही यस्ता कुराहरु छन्, जुन धेरैलाई थाहा छैन । उनले भारतमा पढाइको क्रममा तेक्वान्दोमा ब्ल्याकबेल्ट हासिल गरेका थिए ।
उनले बैंककमा मार्शल आर्टपनि सिकेका थिए । हिरो बन्नुभन्दा पहिला अक्षयकुमारले थाइल्याण्डको एक होटलमा वेटर र शेफको नोकरी गरेका थिए ।
अक्षरकुमार आफ्नो नियममा निकै अडिग छन् । उनी बिहान ५ बजे उठ्छन् र राती ९ बजे सुत्छन् । बेलुका ७ बजेपछि भने अक्षयकुमार केही खाँदैनन् । यदि कसैलाई अक्षयकुमारको अन्तर्वार्ता लिनु परेको खण्डमा उसलाई बिहान ६ बजे बोलाइने गरिएको छ ।
अक्षयकुमार आमिर खानको मुख्य भूमिका रहेको 'जो जिता वही सिकन्दर' का लागि अडिशन दिन गएका थिए । तर उनलाई रिजेक्ट गरिएको थियो । उनले पहिलो फिल्म 'आज' थियो । अक्षयकुमार भारतमा खेलाडी नामले पनि चिनिन्छन् ।