arrow

अमेरिकामा कोरोनाबाट ज्यान जानेको संख्या ४१ हजार नाघ्यो, ४० लाख बढीको टेष्ट

logo
प्रकाशित २०७७ वैशाख ८ सोमबार
trump16.jpg

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या ४१ हजार नाघेको छ । ह्वाइट हाउसले ४१ हजारको संख्या पार गरिसकेको जनाएको बीबीसीले लेखेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैभन्दा बढी प्रभावित न्यूयोर्कका गभर्नर एन्ड्रयु कुमोको कदमलाई प्रशंसा गरेका छन् । 

ट्रम्पले भने, ‘हामी अस्पतालहरु बनाइरहेका छौं । हामीसंग मिलेर उनले राम्रो काम गरिरहेका छन् ।’

न्यूयोर्कका गभर्नरले मृतक र संक्रमणको दर बिस्तारै कम भएको तर नबढेको बताएका छन् । ट्रम्पले अमेरिकामा ४० लाख १८ हजार अमेरिकीको कोरोना परिक्षण भएको पनि बताएका छन् । 

अमेरिकामा ७ लाख ६४ हजार भन्दा बढीको संख्यामा संक्रमित भइसकेका छन् । मृतकको संख्या ४१ हजार नाघ्दा ७१ हजारको मात्र उपचार पछि निको भएको छ । 

अमेरिकामा केस बन्द भएका घटनामा ३६ प्रतिशतको ज्यान गएको छ । सबैभन्दा बढी प्रभावित न्यूयोर्क रहेको छ । 

न्यूयोर्कमा २ लाख ४८ हजारको हाराहारीमा संक्रमित भएका छन् भने १८ हजार ३ सय भन्दा बढीको ज्यान गएको छ । 

त्यस्तै न्यूजर्सीमा ८५ हजार ३ सय भन्दा बढी संक्रमित हुँदा ४ हजार २ सय भन्दा बढीको ज्यान गएको छ । 

अमेरिकाका केही राज्यमा लकडाउन खोल्नेबारेमा ट्रम्पले छिट्टै ती राज्यका गभर्नरले निर्णय गर्ने बताएका छन् । 

युरोपेली राष्ट्रहरुले भने लकडाउन खोल्न थालेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ