arrow

प्रहरी अधिकृतसहित कम्तीमा १० जनाको हत्या 

logo
प्रकाशित २०७७ वैशाख ८ सोमबार

काठमाडौं । क्यानाडामा एक बन्दूकधारीले अन्धाधुन्ध गोली प्रहार गरी कम्तीम १० जनाको ज्यान लिएको छ । प्रहरीको पोशाक लगाएर एक बन्दुकधारीले नोभा स्कोटियामा अन्धाधुन्ध गोली प्रहार गरी प्रहरी अधिकृतसहित कम्तीमा १० जनाको ज्यान लिएको क्यानेडियन प्रहरीले बताएको छ । 

१२ घण्टा लामो प्रयासपछि बन्दूकधारी पनि मारिएको छ । ग्रामिण सहरमा भएको उक्त आक्रमण शनिबारदेखि सुरु भएको थियो । 

प्रहरीले उक्त आक्रमणकारी प्रहरी कारमा देखिएको पनि जनाएको छ । आक्रमणकारीले विभिन्न क्षेत्रमा आक्रमण गर्दै हिँडेको भन्दै अहिलेसम्म ज्यान जानेको संख्या यकिन हुन नसकेको पनि प्रहरीले जनाएको छ । 

प्रहरी प्रवक्ता क्रिस वेदरले मृतकको अन्तिम गणना दिन नसकेको बताएको बीबीसीले लेखेको छ । उनले भने, ‘कम्तीमा १० को ज्यान गएको छ, त्यो भन्दा बढी पनि हुन सक्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ