arrow

कोरोना भाइरसले कुन देशमा लियो कतिको ज्यान ? 

विश्वभर २४ लाख ७ हजार जना संक्रमित, १ लाख ६५ हजार भन्दा बढीको ज्यान गयो, ६ लाख २५ हजारको उपचार पछि निको

logo
प्रकाशित २०७७ वैशाख ८ सोमबार
corona5.jpg

काठमाडौं । कोरोना भाइरस कुनै पनि देशमा पूर्ण रुपले रोकिने अवस्था अहिलेसम्म छैन । कोरोना भाइरसको उद्गम चीनले लकडाउन खोलेर कोरोना नियन्त्रणमा आएको दावी गरे पनि त्यहाँसमेत संक्रमित हुने क्रम रोकिएको छैन । 

अहिलेसम्म विश्वभर २४ लाख ७ हजार जना संक्रमित भइसकेका छन् । १ लाख ६५ हजार भन्दा बढीको ज्यान गएको छ । ६ लाख २५ हजारको मात्र उपचार पछि निको भएको छ । 

विश्वका २१० राष्ट्र तथा प्रशासित क्षेत्रमा फैलिएको कोरोनाको सबैभन्दा बढी असर अमेरिकामा परेको छ । अमेरिकामा ७ लाख ६४ हजार भन्दा बढीलाई संक्रमण भएको छ । ४१ हजार भन्दा बढीको ज्यान गएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएका छन् । 

दोस्रो पीडित राष्ट्र स्पेन हो । स्पेनमा १ लाख ९८ हजार ६७४ जना संक्रमित भएका छन् भने मृतक २० हजार ४५३ जना पुगेका छन् । 

इटालीमा १ लाख ७८ हजार ९७२ जना संक्रमित हुँदा २३ हजार ६६० जनाको ज्यान गइसकेको छ । फ्रान्समा १ लाख ५३ हजार संक्रमित हुँदा १९ हजार ७१८ भन्दा बढीके ज्यान गएको छ । 

जर्मनीमा १ लाख ४५ हजार ७४२ जना संक्रमित हुँदा ४ हजार ६४२ जनाको ज्यान गएको छ । 

बेलायतमा १ लाख  २० हजार भन्दा बढी संक्रमित हुँदा १६ हजार ६० जनाको ज्यान गएको छ । 

कहाँ कतिको गयो ज्यान ? 
चीनमा ४ हजार ६३२, इरानमा ५ हजार ११८, टर्कीमा २ हजार १७, बेल्जियम ५ हजार ६८३, ब्राजिलमा २ हजार ४६२, रुसमा ३६१, क्यानाडामा १ हजार ५८७ र नेदरल्यान्डमा ३ हजार ६८४ जनाको ज्यान गइसकेको छ । 

त्यस्तै स्वीटजरल्यान्डमा १ हजार ३९३, पोर्चुगलमा ७१४, भारतमा ५५९, पेरुमा ४००, आयरल्यान्डमा ६१०, अस्ट्रियामा ४५२, स्वीडेनमा १ हजार ५४०, इजरायलमा १७२ तथा जापानमा २३६ जनाको ज्यान गइसकेको छ । 

दक्षिण कोरियामा २३४, चिलीमा १३३, इक्वेडरमा ४७४, साउदी अरेबियामा ९७, पोल्यान्डमा ३६०, रोमानियामा ४५१ र पाकिस्तानमा १६८ जनाको ज्यान गइसकेको छ । 

युएईमा ४१, अष्ट्रेलियामा ७१, सिंगापुरमा ११, इन्डोनेसियामा ५८२, कतारमा ८ र मलेसियामा ८९ जनाको ज्यान गएको छ । 

त्यस्तै बंगलादेशमा ९१, कुवेतमा ७, इराकमा ८२, न्यूजिल्यान्डमा १२, हङकङमा ४, अफगानिस्तानमा ३३, श्रीलंकामा ७ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ