arrow

नरेन्द्र मोदी भन्छन् – कोरोनाले धर्म चिन्दैन ऐक्यवद्ध बनौं 

‘विश्वले कोरोनाको महामारीपछि नयाँ मोडलले ब्यापार गर्नुपर्छ, त्यसको नेतृत्व भारतले गर्छ’ 

logo
प्रकाशित २०७७ वैशाख ८ सोमबार
corona-modi.JPG

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै धर्मावलम्बीलाई ऐक्यवद्ध बन्न आग्रह गरेका छन् ।

कोरोना भाइरसबाट विश्वभर २४ लाख ७ हजार जना संक्रमित भइसकेको र १ लाख ६५ हजार भन्दा बढीको ज्यान गइसकेको अवस्थामा मोदीले विश्वलाई नयाँ व्यापारिक मोडलमा जानु पर्ने भएकाले सबै धर्माबलम्बी ऐक्यबद्ध हुनुपर्ने बताएका हुन् । 

आइतबार भारतका युवाहरुसंग कोरोनाको महामारीपछिको अवस्थामा कसरी अगाडि बढ्न सकिन्छ भनी सुझाव लिने क्रममा मोदीले विश्वले नयाँ मोडलले ब्यापार गर्नुपर्ने भन्दै भारतले नेतृत्व गर्न सक्ने बताए । 

मोदीले कोरोना भाइरसले आधारभूत विश्वास, समुदाय, जाति वा राष्ट्रीयताको आधारमा कुनै विभेद नगरेको भन्दै सबै मिलेर जानुको विकल्प नभएको पनि बताएका छन् । 

उनले भारतले नेतृत्व लिएर विश्वलाई नै नयाँ ब्यापारिक मोडलमा जानका लागि योगदान दिन कुनै अवसर नगुमाउन भारतीय युवालाई आह्वानसमेत गरेका छन् । 

 वल्डोमिटरर्सका अनुसार भारतमा १७ हजार ६१५ जना संक्रमित भएका छन् । अप्रिल महिना लागेपछि भारतमा संक्रमित निकै बढिरहेका छन् । 

२ हजार ८५४ जनालाई निको भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ