arrow

पाकिस्तानमा अल्पसंख्यक हिन्दुका लागि बाच्न गाह्रो

logo
प्रकाशित २०७७ वैशाख ८ सोमबार
corona-pakistan-minorities.jpg

काठमाडौं। पाकिस्तानमा रहेका अल्पसंख्यक हिन्दू धर्मावलम्बी पाकिस्तानीहरुले कोरोना भाइरसका कारण लगाइएको लकडाउनमा निकै सास्ती खेप्नु परेको रिपोर्टहरू सार्वजनिक भएका छन्। अल्पसंख्यक उनीहरुमाथि ज्यान मार्ने धम्की समेत आउन थालेको पीडा पोखेका छन् एक पाकिस्तानीले। उनले आफ्नो पाँच जनाको परिवार भएको घरमा मुस्लिम धर्मावलम्बी पाकिस्तानीहरुले आएर मार्ने धम्की दिएको, सामानहरु यत्रतत्र छरिदिएको गुनासो गरेको पाकिन्सतानी सञ्चार माध्यामले जनाएको छ। 

घरमा आएर तोडफोड गरेको दुखेसो गर्दै उनले लकडाउनका कारण मस्जिद बन्द भएकाले आफ्नै घरको छतमा आएर नमाज पढिरहेको पनि बताए।

कुनै उजुरी नगरि सहेर बस्दा पनि झनै आक्रामक भएर मार्ने धम्की दिएको समेत युवाले गुनासो गरेका छन्। उनले भने, ‘यही घटनाले भोलि ठूलो रुप नलेओस् भनेर कुनै उजुरी नगरे पनि लगातार हामीमाथि धम्की आइरहेको छ।’

कोरोना भाइरस विश्वभर फैलिरहँदा पाकिस्तान पनि अछुतो छैन। पाकिस्तानमा अहिलेसम्म ८ हजार ३४८ जना संक्रमित भएका छन् भने १६८ जनाको ज्यान गइसकेको छ।

लकडाउनले गर्दा खानपानमा समेत समस्या भएको छ। हिन्दूहरुले आफूहरुलाई राहत वितरणमा समेत भेदभाव गरिएको गुनासो उनीहरुले गरेका छन्। संविधान र कानुनले अल्पसंख्यको रक्षाको प्रतिबद्धता जनाए पनि व्यवहार त्यस्तो नभएको पाकिस्तानमा रहेका धार्मिक अल्पसंख्यकहरुको भनाई रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ