arrow

तेलंगना सरकारले थप्यो लकडाउनको अवधि

logo
एएनआई  
प्रकाशित २०७७ वैशाख ८ सोमबार
india-lockdown.jpg

हैदराबाद । भारतको तेलंगना सरकारले हाल जारी रहेको लकडाउनको अवधिलाई आगामी मे ७ तारिखसम्म लम्ब्याउने निर्णय गरेको छ । 

यहाँको मन्त्रिपरिषदले आइतबार सो निर्णय गरेको बताइएको छ । यसअघि घोषित यो नीतिमा थप गरी यो अवधिसम्म पुर्‍याइएको समाचारमा जनाइएको छ ।  तेलंगना राज्यका मुख्यमन्त्री के चन्द्रशेखर रावले यस विषयमा जानकारी दिएका छन् । उनकाअनुसार यहाँका अत्यावश्यक खाद्यान्नलगायतका उद्योग र औषधि उद्योग एवं पसलहरु भने खुला रहने छन् । 

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे १ तारिखसम्म लगाएको लकडाउनको अवधिलाई बढाएर भारतभर मे ३ सम्म पुर्‍याएलगत्तै यता यस राज्य सरकारले पनि यो घोषणा गरेको हो ।

मुख्यमन्त्री रावले तेलंगना राज्यमा बाहिरबाट आएर बसोबास गरिरहेका आप्रबासीहरुमध्ये परिवारमा बस्नेहरुका लाग प्रतिपरिवार १ हजार ५०० भारतीय रुपैयाँ र एक्लै बस्नेका लागि खाद्यान्न उपलब्ध गराइने जानकारी पनि दिए । यहाँको मुख्य सरकारले यहाँ काम गरिरहेका प्रहरीहरुको तलबमा १० प्रतिशत बृद्धि गरेको पनि जनाएको छ ।
 
उनीहरुले यस्तो विषम परिस्थितिमा पनि जोखिममा काम गर्नुपर्ने अवस्था रहेकोले उनीहरुको तलबमा बृद्धि गरिएको बताइएको छ । 

यो राज्यमा मात्र कोविण्ड १९ का ८५८ जना संक्रमित भेटिएका छन् । तीमध्ये १८६ जना निको भएर घर फर्किएका छन् भने २१ जनाको निधन भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ