arrow

अफगानी राष्ट्रपति कार्यालयका कर्मचारीलाई पनि कोरोनाको सङ्क्रमण

logo
एपी,
प्रकाशित २०७७ वैशाख ८ सोमबार
afghanistan-map-geo.jpg

काबुल। अफगानिस्तानको राष्ट्रपति कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको छ। सरकारी उच्च अधिकारीहरुले नाम सार्वजनिक नगर्ने सर्तमा दिएको जानकारी अनुसार राष्ट्रपति कार्यालयका कम्तीमा २० जना सङ्क्रमित भएका छन्। सङ्क्रमण भएकाहरुसँग राष्ट्रपति अशरफ घानीको सम्पर्क भएको थियो कि थिएन भन्ने बारेमा एकीन नभएको उनीहरुको भनाइ छ।

राष्ट्रपति कार्यालयका कर्मचारी नै कोरोनाभाइरसबाट सङ्क्रमित भएको विषयमा राष्ट्रपति कार्यालयले भने कुनै प्रतिक्रिया दिएको छैन। क्यानसर रोगबाट पिडित ७० बर्षीय घानी कोरोनाभाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको बताइएको छ। अफगानिस्तानमा सोमबारसम्म ९९३ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ। उनीहरु अधिकांश विदेशबाट आएकाहरु रहेका छन्। अफगानिस्तानका झण्डै दुई लाख नागरिक पछिल्लो दुई महिनामा इरानबाट स्वदेश फर्किएका थिए।

उनीहरु आएको देश इरान कोरोनाभाइरसबाट अत्यधिक प्रभावित देशमा पर्दछ। इरानमा अहिलेसम्म ८२ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने पाँच हजारभन्दा बढीको मृत्यु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ