arrow

चीनसँग १३० अर्व पाउण्डको क्षतिपुर्ती माग्न जर्मनीमा अभियान, चीन भन्छ जातिय द्वेष फैलाउने अभिव्यक्ति 

logo
एजेन्सी,
प्रकाशित २०७७ वैशाख ८ सोमबार
corona-german-tabloid.jpg

बर्लिन। विश्वमा फैलिरहेको कोरोना भाइरसको महामारीको बीचमा जर्मनीको एक पत्रिकाले चीनसँग उक्त भाइरस फैलाएको आरोपमा १ सय ३० अर्व पाउण्ड बराबरको क्षतिपुर्ती माग दावी गरेको छ। जर्मनीको एक प्रमुख पत्रिका ‘बिल्ड’ले चीन सरकारसँग समयमा सूचना प्रवाह नगरेर कोरोना फैलिन मद्धत गरेको भन्दै उक्त माग दाबी गरेको एक्सप्रेस न्यूजले जनाएको छ। 

अमेरिका, बेलायत, फ्रान्स पछि जर्मनी पनि चीनले कोरोना भाईरस निर्माण गरेको भन्ने कुरामा अनुसन्धान हुनपर्ने भन्ने मतमा एक ठाउँमा आइपुगेका छन्। चीनको वुहानमा माछा-मासु बजारबाट शुरु भएको भनिएको कोरोना चीनले बनाएको आरोपहरु पश्चिमा देशहरुले लगाउन थालेका छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदी कोरोना भाईरस मानव निर्मित हो भन्ने प्रमाणित भयो भने चीनले नसोचेको परिस्थितीको सामना गर्नु पर्नेछ भन्दै चीनलाई सचेत पारेका छन्। 

चीनले आफुले रोक्न सक्ने भाईरस पनि नरोकेर विश्वभर फैलिन छाडेको आरोप पश्चिमा देशरुले लगाइरहेका छन्। शुरुवाती समयमा आएको सुचनालाई लुकाउने प्रयासमा चीनले उक्त भाईरस विश्वभरी फैलाउन सहयोग गरेको भन्दै जर्मनीले क्षतिपुर्ती माग गरेको हो। 

चीनले पछिल्लो समयमा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या बढेको जनाएको छ। पुरानो मृत्युको संख्यालाई पछि किन सार्वजनिक गर्‍यो चीनले भन्ने विश्वभर चासोको बिषय रहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको अपारदर्शीताको आलोचना गरेका छन्। 

बिल्डले १ सय ३० अर्वलाई टुक्राएर क्षतिपुर्ती माग गरेको छ। जर्मनीको पर्यटन, हवाई, मनोरञ्जन आदी लगायतको क्षेत्रमा ठूलो नोक्सानी भएको भन्दै उक्त पत्रिकाले क्षतिपुर्ती माग गरेको छ। २७ अर्व पाउण्ड पर्यटनमा भएको नोक्सानी, ७.२ अरव पाउण्ड चलचित्र उद्योगमा भएको क्षति, ५० अर्व जर्मनीमा रहेका साना उद्योगहरुमा भएको घाटा र बाँकी कुल ग्राहस्थ उत्पादनमा हुने घाटा चीनले ब्योहोर्नु पर्ने भन्दै ‘बिल्ड’ले माग गरेको छ। 

चीनले उक्त पत्रिकाको आरोपलाई नकार्दै जातिय द्वेष फैलाउने अभिव्यक्ति भनेको छ। अमेरिकाले चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस मानव निर्मित हो भन्नेमा अनुसन्धान हुनुपर्ने भनिरहेको बेला बेलायतले पनि उक्त माग दोह्र्याएको छ। फ्रान्स र जर्मनी पनि अमेरिका र बेलायतको बुझाईमा सहमत रहेको पछिल्लो चरणमा देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ