arrow

अमेरिकामा कोरोनाको असर बढेको बढ्यै, मृतक ४३ हजार नजिक, राज्यहरुमा बिद्रोह

logo
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
trump16.jpg

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या ४३ हजार नजिक पुगेको छ । ह्वाइट हाउसले सोमबारै ४१ हजारको संख्या पार गरिसकेको जनाएको थियो । 

नयाँ संक्रमित करिब २ हजार रहेकाले मृतक ४३ हजार नजिक पुगेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० देखि ६० हजारको ज्यान जानसक्ने बताएका छन् । 

ह्वाइटहाउसमा बोल्दै ट्रम्पले ५० देखि ६० हजारको ज्यान जानसक्ने बताएका हुन् । उनले यसअघि दुई लाखसम्मको ज्यान जानसक्ने बताएका थिए । 

तर आँकडा हेर्दा एक लाख भन्दा बढीको ज्यान जाने देखिन्छ । ७ लाख ९३ हजार जना संक्रमित रहेका छन् । २८ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । 

त्यस्तै केबल ७२ हजार ४ सयको हाराहारीमा मात्र निको हुने बिरामीहरु रहेकाले अझै थुप्रैको ज्यान जान सक्ने देखिन्छ । 

अझै १४ हजारको हाराहारीमा गम्भीर बिरामीहरु रहेका छन् । नयाँ संक्रमितहरु घट्ने क्रम नरहेकाले ट्रम्पको बोलीमा दम नभएको विश्लेषण भइरहेकोक छ । 

सबैभन्दा बढी प्रभावित न्यूयोर्क परेको छ । न्यूयोर्कमा २ लाख ५२ हजार ९४ जना संक्रमित भएका छन् भने १८ हजार ९ सय भन्दा बढीको ज्यान गएको छ । 

त्यस्तै न्यूजर्सीमा ८८ हजार ८ सय भन्दा बढी संक्रमित हुँदा ४ हजार ३ सय ७७ जनाको ज्यान गएको छ । 

अमेरिकाका केही राज्यमा लकडाउन खोल्नेबारेमा ट्रम्पले छिट्टै ती राज्यका गभर्नरले निर्णय गर्ने बताएका छन् । 

त्यतिमात्र हैन त्यहाँका स्थानीयहरुले लकडाउन खोल्न विद्रोह गरेका छन् । उनीहरु लकडाउनकै समयमा सडकमा उत्रेर आन्दोलन गरेका हुन् । 

उनीहरु सामाजिक दूरी कायम गरेर सडकमा ओर्लेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ