arrow

कोरोना भाइरसले अहिलेसम्म कुन देशमा गयो कतिको ज्यान ? 

२४ लाख ८१ हजार संक्रमित, १ लाख ७० हजार ४ सय भन्दा बढीको ज्यान गयो, ६ लाख ४६ हजारको मात्र उपचार पछि निको

logo
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
corona5.jpg

काठमाडौं । कोरोना भाइरसको संत्रास विश्वभर हटेको छैन । कोरोनाको उद्गम देश चीनमा पनि फाटफुट नयाँ संक्रमित देखिइरहँदा त्यहाँसमेत पूर्णरुपले रोग नियन्त्रणमा आएको छैन । 

कुनै पनि देशमा पूर्ण रुपले रोकिने अवस्था अहिलेसम्म छैन । अहिलेसम्म विश्वभर २४ लाख ८१ हजार जना संक्रमित भइसकेका छन् । १ लाख ७० हजार ४ सय भन्दा बढीको ज्यान गएको छ । ६ लाख ४६ हजारको मात्र उपचार पछि निको भएको छ ।

विश्वका २१० राष्ट्र तथा प्रशासित क्षेत्रमा फैलिएको कोरोनाको सबैभन्दा बढी असर अमेरिकामा परेको छ । अमेरिकामा ७ लाख ९३ हजारलाई संक्रमण भएको छ । ४४ हजारको ज्यान गएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएका छन् । 

दोस्रो पीडित राष्ट्र स्पेन हो । स्पेनमा २ लाख २१० जना संक्रमित भएका छन् भने मृतक २० हजार ८५२ जना पुगेका छन् । 

इटालीमा १ लाख ८१ हजार २२८ जना संक्रमित हुँदा २४ हजार ११४ जनाको ज्यान गइसकेको छ । फ्रान्समा १ लाख ५५ हजार ३८३ जना संक्रमित हुँदा २० हजार २६५ भन्दा बढीको ज्यान गएको छ । 

जर्मनीमा १ लाख ४७ हजार ६५ जना संक्रमित हुँदा ४ हजार ८६२ जनाको ज्यान गएको छ । 

बेलायतमा १ लाख  २४ हजार ७४३ भन्दा बढी संक्रमित हुँदा १६ हजार ५०९ जनाको ज्यान गएको छ । 

कहाँ कतिको गयो ज्यान ? 
चीनमा ४ हजार ६३२, इरानमा ५ हजार २०९, टर्कीमा २ हजार १४०, बेल्जियम ५ हजार ८२८, ब्राजिलमा २ हजार ५८७, रुसमा ३६१, क्यानाडामा १ हजार ६९० र नेदरल्यान्डमा ३ हजार ७५१ जनाको ज्यान गइसकेको छ । 

त्यस्तै स्वीटजरल्यान्डमा १ हजार ४२९, पोर्चुगलमा ७३५, भारतमा ५९२, पेरुमा ४४५, आयरल्यान्डमा ६८७, अस्ट्रियामा ४७०, स्वीडेनमा १ हजार ५८०, इजरायलमा १७७ तथा जापानमा २३६ जनाको ज्यान गइसकेको छ । 

दक्षिण कोरियामा २३६, चिलीमा १३९, इक्वेडरमा ४७४, साउदी अरेबियामा १०३, पोल्यान्डमा ३८०, रोमानियामा ४७८ र पाकिस्तानमा १७६ जनाको ज्यान गइसकेको छ । 

युएईमा ४३, अष्ट्रेलियामा ७१, सिंगापुरमा ११, इन्डोनेसियामा ५९०, कतारमा ९ र मलेसियामा ८९ जनाको ज्यान गएको छ । 

त्यस्तै बंगलादेशमा १०१, कुवेतमा ७, इराकमा ८२, न्यूजिल्यान्डमा १२, हङकङमा ४, अफगानिस्तानमा ३६, श्रीलंकामा ७ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ