arrow

भारतमा दैनिक हजार बढी कोरोना संक्रमित, दक्षिण एसियामा कहाँ कति ? 

logo
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
SAARC-logo.jpeg

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर त्रास फैलिरहेका बेलामा दक्षिण एसियामा पनि यसको असर परेको छ । भारतमा अहिलेसम्म ५९२ जनाको ज्यान गइसकेको छ । 

भारतमा १८ हजार ५५१ जना संक्रमित भएका छन् । अप्रिल महिना लागेपछि भारतमा संक्रमित निकै बढिरहेका छन् । लगातार तेस्रो दिन एक हजारभन्दा बढी नयाँ संक्रमित थपिइरहेका छन् । 

१९ अप्रिलमा १ हजार ५८० जना संक्रमित भएका थिए । त्यस्तै १८ अप्रिलमा १ हजार ३७१ जना संक्रमित भएका थिए । सोमबार १ हजार भन्दा बढी संक्रमित भएका हुन् । सबैभन्दा बढी सोमबार मुम्बईमा ४६६ संक्रमित भेटिएका छन् । 

३ हजार २७३ जनालाई निको भइसकेको छ । त्यस्तै अर्को राष्ट्र पाकिस्तानमा १७६ जनाको ज्यान गइसकेको छ । पाकिस्तानमा ८ हजार ८९२ जना संक्रमित रहेका छन् । 

पहिले भारत भन्दा अगाडि रहे पनि पाकिस्तानमा संक्रमित घटिरहेका छन् । पाकिस्तानमा १ हजार ९७० जनालाई निको भएको छ । 

बंगलादेशमा २ हजार ९४८ जना संक्रमित रहेका छन् । मृतकको संख्या १०१ पुगेको छ । संक्रमितको तुलनामा निको भने कमैलाई मात्र भएको छ । बंगलादेशमा ८५ जनामात्र उपचारपछि निको भएका छन् । 

अफगानिस्तानमा १०२६ जना संक्रमित भएका छन् । मृतकको संख्या ३६ रहेको छ । अफगानिस्तानमा निको हुनेको संख्या १३५ रहेको छ । 

त्यस्तै श्रीलंकामा पनि स्थिति ठीकै रहेको छ । ७ जनाको ज्यान गएको भए पनि ३०४ संक्रमितमध्ये ९८ जनालाई निको भइसकेको छ । 

माल्दिभ्समा ६९ जनालाई संक्रमण भएको छ भने १६ जनालाई निको भइसकेको छ । 

त्यसपछि नेपाल नै पर्दछ । अहिलेसम्म नेपालमा ३१ जनामा संक्रमण भएको छ भने ४ जनालाई निको भइसकेको छ । 

भुटानमा मात्र ५ जना संक्रमित रहेका छन् । २ जनालाई निको भइसकेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ