arrow

महाराष्ट्रमा जुना अखडाका शिष्य सहित ३को बर्बर हत्या, विश्व हिन्दु महासंघबाट निन्दा 

logo
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
santa-lyinching-juna-akhada.gif

काठमाडौं। “सत्यमेव जयते” मुलमन्त्र बोकेको भारतको महाराष्ट्रस्थित “पालघर”मा हिन्दु धर्मको प्रख्यात जुना अखडाका आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरी महाराजका शिष्यद्वय सुशिल गिरी र कल्पवृक्ष गिरी एवं एक चालक सहित ३ जनाको सामुहिक हत्या भएको छ। 

एक घरमा रहेका उनीहरुलाई पालघर भन्ने स्थानमा समुहमा आएकाहरुले सांघातिक आक्रमण गरि विभत्स हत्या गरेका थिए। 

हिन्दु धर्मप्रति कट्टर रहेको भनिएको शिवसेनाको नेतृत्वमा महाराष्ट्रमा सरकार बने यता अत्यन्तै बर्बर तरिकाले सन्तहरुको हत्या गरिएको यो प्रकरण सार्वजनिक भएपछि प्रसासनले हत्यारामा संलग्नहरुको खोजी शुरु गरि करिब सय जनालाई पक्राउ गरेको छ। यद्यपी सो घटनाका समयमा प्रहरीका केहि व्यक्तिहरु स्वयं त्यहाँ उपस्थिति रहनुले प्रहरी प्रसासनमाथि नै शंका उत्पन्न गराएको टिप्पणी पनि भइरहेको छ। 

महाराष्ट्र प्रहरीको सामुन्ने नै गेरुवस्त्रधारी सन्त सुरक्षित हुन नसक्नु विश्वभरका हिन्दु सनातनीहरुका लागि निकै दुःखद् भएको भन्दै विश्व हिन्दु महासंघ, केन्द्रीय (अन्तर्राष्ट्रिय) समितिले सो हत्याको घोर निन्दा एवं भत्सर्ना गरेको छ। 

कोरोना महामारीले विश्व नै आक्रान्त बनिरहेको कठिन अवस्थामा पनि धर्मकार्यमा रहँदा जीवन गुमाएका तीन आत्माहरुको समितिले शिवलोक प्राप्तिको कामना गरेको छ। समितिले अपराधिक क्रुर अमानवीय कार्यमा संलग्न सम्पूर्ण अमानवीय समुहलाई तुरुन्त कठोर कार्बाहीको माग गरेको छ। 

साथै भारतभर साधु, सन्त, महन्तहरुलाई निर्वाध रुपमा हिडडुल गर्न सक्ने वातावरण बनाउन संसारभरका हिन्दु सनातनीका तर्फबाट विश्व हिन्दु महासंघले भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीसमक्ष आग्रह गरेको महासचिव शम्भुहरि बास्तोलाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ