arrow

कोरोनाबाट अमेरिकामा एकैदिन २८ सय भन्दा बढीको मृत्यु, नयाँ संक्रमित २७ हजार

logo
प्रकाशित २०७७ वैशाख १० बुधबार
corona-usa-doc.jpg

काठमाडौं । कोरोना भाइरसबाट अमेरिकामा एकैदिन २८ सय भन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना नियन्त्रणमा आउने बेलामा झनै चर्को रुपले मृत्यु बढेको हो । 

अमेरिकामा मृतकको संख्या ४५ हजार ३ सय १४ भन्दा बढी भएको छ । त्यस्तै संक्रमितको संख्या ८ लाख १९ हजार ६ सय २० भन्दा बढी भएको छ । नयाँ संक्रमित २७ हजार भन्दा बढी भएका छन् । 

सबैभन्दा बढी  २ लाख ५६ हजार ५५५ जना न्यूयोर्कमा संक्रमित भएका छन् । नयाँ संक्रमित ४ हजार ४६१ जना रहेका छन् । न्यूयोर्कमा १९ हजार ६९३ जनाको मृत्यु भएको छ । ७६४ नयाँ मृतक हुन् । 

न्यूजर्सीमा ९२ हजार ३८७ जना संक्रमित भएका छन् । ३ हजार ५८१ नयाँ संक्रमित हुन् । त्यहाँ ४ हजार ७५३ जनाको ज्यान गएको छ । ३७६ जना नयाँ मृतक हुन् । 

त्यस्तै पेन्सेल्भिनियामा नयाँ २६६ मृतक, मिचिगनमा २३२ नयाँ मृतक हुन् । त्यस्तै मासाचुसेट्समा १५२ नयाँ मृतक हुन् । 

मंगलबार सबैजसो राज्यमा मानिसले ज्यान गुमाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ