arrow

कोरोनाबाट विश्वभर २५ लाख ५७ हजार संक्रमित, मृतक एक लाख ७७ हजार भन्दा बढी

logo
प्रकाशित २०७७ वैशाख १० बुधबार
corona5.jpg

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर २५ लाख ५७ हजार मानिस संक्रमित भएका छन् । नयाँ संक्रमित ७६ हजार भन्दा बढी रहेका छन् । 

मृतकको संख्या एक लाख ७८ हजार पुगेका छन् । ७ हजार भन्दा बढी नयाँ मृतक हुन् । 

सबैभन्दा बढी संक्रमित र मृतक अमेरिकाका हुन् । अमेरिकामा एकैदिन २८ सय भन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना नियन्त्रणमा आउने बेलामा झनै चर्को रुपले मृत्यु बढेको हो । 

अमेरिकामा मृतकको संख्या ४५ हजार ३ सय १४ भन्दा बढी भएको छ । त्यस्तै संक्रमितको संख्या ८ लाख १९ हजार ६ सय २० भन्दा बढी भएको छ । नयाँ संक्रमित करीव २७ हजार बढेका हुन् ।

स्पेनमा संक्रमितको संख्या २ लाख ४ हजार भन्दा बढी भएका छन् । मृतकको संख्या २१ हजार ३ सयको हाराहारीमा पुगेको छ । 

इटालीमा १ लाख ८४ हजारको संख्यामा संक्रमित भएका छन् भने २४ हजार ६५० बढीको ज्यान गएको छ । 

फ्रान्समा १ लाख ५८ हजार भन्दा बढी संक्रमित हुँदा २० हजार ८ सयको ज्यान गएको छ । जर्मनीमा १ लाख ४८ हजार ५ सयको संख्यामा संक्रमित हुँदा ५ हजार ८६ जनाको ज्यान गएको छ । जर्मनीमा ९५ हजार २ सयलाई निको भएको छ । 

बेलायतमा १ लाख २९ हजार भन्दा बढी संक्रमित हुँदा १७ हजार ३३७ जनाको ज्यान गएको छ । 

कोरोनाको उद्गम देश चीनमा ८२ हजार ७५८ जना संक्रमित भएका छन् । कोरोना रोकथाम भयो भनिए पनि ११ जना नयाँ थपिएका छन् ।

केही दिनदेखि मृतक भने नयाँ थपिएका छैनन् । चीनमा ४ हजार ६३२ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ