arrow

भारतमा एकै दिन कोरोनाका १५ सय ४१ संक्रमित बढे, मृतक ६४५ 

logo
प्रकाशित २०७७ वैशाख १० बुधबार
corona-india1.JPG

काठमाडौं । कोरोना भाइरसबाट भारतमा २४ घन्टायता १५ सय ४१ जना संक्रमित भएका छन् । पछिल्लो चार दिन निरन्तर एक हजार भन्दा बढीलाई हरेक दिन संक्रमण भएको छ । 

भारतमा संक्रमितको संख्या २० हजार ८० पुगेको छ । मृतकको संख्या ६४५ पुगेको छ । २४ घण्टामा ५३ जना नयाँ मृतक थपिएका छन् । 

भारतमा ३ हजार ९७५ जनालाई निको भएको छ । भारतमा केस बन्द भएका घटनामा १४ प्रतिशतको ज्यान गएको हो । तुलनात्मक रुपमा यो अन्य ठूला देशको तुलनामा भने कम हो । 

नयाँ संक्रमित सबैभन्दा बढी २४ घण्टामा महाराष्ट्रमा ५५२ जना रहेका छन् । मंगलबार गाजियाबादपछि नोयडाले पनि दिल्लीसंगको आफ्नो सीमामा सिल गरेको छ । 

भारत संक्रमितको हिसाबले १७ औं देश बनेको छ जहाँ २० हजार भन्दा बढी संक्रमित छन् । 

यसअघि अप्रिल १६ मा १०६१, अप्रिल १८ मा १३७१, १९ अप्रिलमा १५८० र २० अप्रिलमा १२३५ जना नयाँ संक्रमित थपिएका थिए । 

भारतमा संक्रमण बढ्दै गएपछि सरकारले लकडाउनलाई आगामी मे ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको थियो । भारतमा दुई पटक गरी ४० दिन लकडाउन गरिएको हो । 

पछिल्ला दिनमा संक्रमित अझै बढी भएसंगै लकडाउन अझ थपिने संकेत गरिरहेको छ । तर कृषकहरुका लागि भने सुविधा दिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ